Logo

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना, सु-स्वास्थ्यको कामना



काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले मोदीको जन्मदिनमा शुभकामना दिएका हुन् । उनले शुभकामनामा मोदीको सुस्वास्थ्य र खुशीको कामना गरेका छन् । त्यस्तै, प्रधानमन्त्री ओलीले आगामी दिनमा द्धिपक्षीय सम्बन्ध सुदृढ र मजबुद बनाउनको लागि पनि निरन्तर समनिकट भएर काम गर्ने पनि विश्वास दिलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्