Logo

ओली-मोदी सम्बन्ध सुदृढ बन्दै, आज जन्मदिनको शुभकामना



काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्बन्ध सुदृढ बन्दै गएको छ । दुई नेताबीच लामो समययताको संवादनहीनतामा आइसब्रेक भइसकेको छ । दुई नेताबीच प्रत्यक्ष अप्रत्यक्ष कुराकानीको क्रम चलेको छ ।

आजै प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । उनले सुस्वास्थ्य र खुशीको कामना समेत गरेका छन् । ओलीले शुभकामना सन्देशमा भनेका छन् । हामी दुई देशको सम्बन्ध थप सुदृढ गर्न नजिक रहेर निरन्तर काम गर्नेछौं ।

यसअघि भारतको स्वतन्त्रता दिवसमा ओली र मोदीबीच ११ मिनेट कुराकानी भएको थियो । उक्त कुराकानीले केही समययताको संवादहीनतामा आइसब्रेक गरेको थियो । कुटनीतिक तहबाट पनि दुई नेताले सन्देशहरु आदानप्रदान गरिरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्