Logo

सुनचाँदीको मूल्यमा गिरावट



काठमाडौँ १ असोज। सुनको मूल्यमा गिरावट आएको छ । आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला ९६ हजार ६०० र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । भदौ महिनाको अन्तिम दिन सुन ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले ओरालो लागेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ९४२ डलर बराबरमा कारोबार भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्