लन्डन,२ असोज । सन् २०२० मा फेस मास्क हाम्रो दैनिक जिवनको एक अंश नै भएको छ । बिद्यालय , कलेज जस्ता सार्वजनिक स्थल र यात्रामा यहि मास्क कोभिड १९ को भाइरस रोक्न कति सक्षम छ भन्ने सोच सबैका दिमागमा आउँछ नै । त्यसैले फेस मास्क प्रयोग गर्नु पछाडिका केहि बैज्ञानिक आधारबारे जानकारी राख्नु रामे हुन्छ ।
सन् २०१९ मा पहिलो पटक कोरोना भाइरस रोग १ बुझाउने कोभिड १९ सार्स – कोभ – २ नामक भाइरसबाट लाग्ने तथ्य पत्ता लागेको थियो । यसको संक्रमणबाट श्वास प्रशवास सम्बन्धी गम्भीर समस्या,ज्वरो,खोकी,मांशपेशीको दुखाई र थकान लगायतका थुप्रै लक्षण देखा पर्दछ ।
श्वास , खोकी वा हाच्छुँय गर्दा निस्कने तरल पदार्थको छिंटाको कारण यो मानिसबाट मानिसमा सर्ने गर्दछ । यस्ता छिंंटा ठूलो भन्दा साना आकारका हावाको माध्यममा टाढा सम्म फैलिने संभावना बढि हुन्छ । यस्ता वाष्पिय कणहरु निकै साना हुने भएकाले त्यसमा मिसिएका भँइरस पनि त्ति बलियो नहुने भन्ने विादास्पद सोच पनि रहेको छ । तर यि कण सजिलै सास मार्फत फोक्सोमा पुग्ने र भाइरस संक्रमण गर्ने संभावना अझ धेरै रहने बताइएको छ ।
यस्ता कणहरुको संवाहनका कारण बैज्ञानिकहरुले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पिपिइ प्रतिरक्षा क्षमता राम्री बुझ्न सकेका छैनन् । अन्य अचल वस्तुहरु जस्तै ढोकाका चुकुल , कलम मेचमा रहेका वाष्पिय कणहरुका कारण पनि भाइरस सर्न सक्छ । अहिलेसम्मको अध्ययनबाट प्लाष्टिक तथा काँचका सतहमा यस्ता वाष्प कण ३ देखि ७२ घन्टा सम्म सक्रिय अवस्थामा रहन सक्छन् तर त्यसमा रहेको भाइरल लोडलाई जति कम गराउन सकिन्छ उति नै कोभिढड १९ संक्रमणको संभावना कम रहने बताइएको छ ।
संक्रमणबाट बच्न सबैभन्दा बढि फेस मास्कको प्रयोग भइरहेको छ । अमेरिकामा तीन प्कारका मास्क १ घरमै बनाइएका मास्क , २ सर्जिकल मास्क र ३ एन ५ मास्क प्रयोग भइरहेका छन् ।
मास्कले संक्रमित पानिय छिंटा अरुबाट आफुमा र आफुबाट अरुमा पुग्नबाट रोक्न सकिन्छ । अध्ययन अनुसनधानबाट घरमै बनाइएका मास्क भन्दा सर्जिकल मास्क २ देखि ३ गुणा बढि प्रभाबकारी छन् । यसैगरी एन ९५ र एफएफपि २ ९ युरोपको अमेरिकी एन ५ सरहका मास्क भने घरमै निर्मित मास्कभन्दा करिव ५० र सर्जिकल मास्क भन्दा २५ गुणा प्रभाबकारी रहेका छन् ।
तर कुनै पनि मास्कले संक्रमणबाट जोगाउने पूर्ण ग्यारेन्टि नदिने भएकाले सामाजिक दूरी अपनाउनु नै सर्वश्रेष्ठ उपायको रुपमा बैज्ञानिकहरुले सिफारिश गरेका छन् । एक मिटरको दूरीमारहेका कुनै पनि संक्रमित व्यक्तिले खोक्दा र हाच्छुँयु गर्दा पनि मास्कै पिच्छे सुरक्षाको परिमाण फरक हुने गरेका छन् ।
मास्क नलगाउनेका तुलनामा सर्जिकल मास्क लगाउनेले २० देखि ३० प्रतिशत सम्म भाइरल लोड ग्रहण गर्न सक्ने देखिन्छ । तर यदि एन ९५ मास्क लगाउने हो भने यो खतराको संभावना ५ प्रतिशतमा झर्दो रहेछ ।
मास्कले शरिरमा अक्सिजनको मात्रा कम लिने र कार्वनडाइअकसाइड रोक्ने भन्ने भनाई सही होइन । अक्सिजन ० दशमलव १२० एनएम ग्रहण गर्ने र कार्वनडाइअक्साइड ० दशमलव २३२ एनएम छोड्ने गर्दछ । एन-९५ मास्कका प्वाल करिव १०० देखि ३०० एनएम आकारका हुन्छन् ।
यसको अर्थ एउटा प्वाल नै १ हजार ५ सय वटा भन्दा बढि अक्सिजनका अणु प्रवेश गर्न र ८ सय ५० अणु भन्दा बढि कार्वन डाइअक्साइड बाहिर जान काफी छ । कोरोना भाइरसका अणु करिव ० दशमलव १२० एनएमको हुन्छ । अक्सिजनको तुलनामा यो १ हजार गुणा ठूलो हुन्छ । १ हजार देखि १० हजार एनएम आकारका मास्कहरु भाइरसयुक्त वाष्प कण छेक्न प्रभावकारी हुने खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।