Logo

शशांकले भने– ‘चिन्ता नलिनुहोस्, दुई–तीन दिनमै कोरोना जित्छु’



काठमाडौं, २ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुईर तीन दिनमै कोरोना जितेर डिस्चार्ज हुने बताएका छन्। डा.कोइरालाको स्वास्थ्य अवस्थाबारे अनेक सूचना सामाजिक संजालमा आउन थालेपछि अस्पतालले आफनो फेसबुक पेजमार्फत उनको भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमा आफू छिट्टै कोरोनामुक्त हुने बताएका छन्।

कोरोना संक्रमण भएपछि उनी चाबहिलस्थित ओम नर्सिङ होमको आइसोलेसनमा उपचाररत छन्। उनले आफ्ना शुभचिन्तकहरुलाई चिन्तित नहुन पनि आग्रह गरेका छन्। ुम कोभिड १९ बाट प्रभावित भएको व्यक्ति। आज म ओम नर्सिङ होमको आइसोलेसनमा छु। तपाईहरुले चिन्ता गर्नुपर्दैन, उनले भने, म दुई तीन दिनमा डिस्चार्ज हुन्छु।

गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित भएका कोरोना घरमै आइसोलेसनमा बसेका थिए । महामन्त्री डा। कोइरालामा उच्च ज्वरो आएपछि मंगलबार ओम अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ ।

ओम अस्पतालका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको खबर आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्