काठमाडौं, २ असोज । रासायनिक मल युरिया ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज प्रालि र होलीको मल्टिपलले मल समयमा नल्याउँदा सरकारले तिनले राखेको करिब १० करोड धरौटी जफत गर्नुका साथै दुवै कम्पनीलाई कालोसूचीमा राखेको छ। शैलुङ इन्टरप्राइजेजका मालिक प्रचण्डका घरधनी हुन् भने अर्का कम्पनी होलीको कांग्रेस आबद्ध ठेकेदार हुन्। यो वर्ष समयमै पानी परेकाले ९० प्रतिशतभन्दा बढी खेतमा धान रोपाइँ भएको थियो। समयमा मल नपाउँदा धान उत्पादनमा ठूलो ह्रास आउने निश्चित छ।
यसै गरेर कोरोना कहरले सामुदायिक र निजी विद्यालयका करिब ७२ लाख विद्यार्थीको पढाइ कहिले सुरु हुन्छ, सरकारले निश्चित गरेको छैन। सरकारको यही रबैया रहने हो भने यो शैक्षिक वर्षको पढाइ नै खेर जाने खतरा छ। सामुदायिक विद्यालयका शिक्षकले त तलब पाएका छन् तर निजी विद्यालयका शिक्षकले तलब नपाउँदा उनीहरूको जीवन कष्टकर भएको छ।
कोरोनाका कारण देशका अधिकांश उद्योग र पूर्वाधारका आयोजनाको काम ठप्प छ। सार्वजनिक यातायात नचल्दा तिनमा काम गर्ने मजदुरको दैनिक जीवन कष्टकर भएको छ भने बैंकसँग ऋण लिएर यातायात सञ्चालन गरेका यातायात व्यवसायीको ब्याज तिर्न नसकेर सर्वस्व गुम्ने अवस्था छ।
देशमा काम नपाएर भारत गएका लाखौं कामदार भारतमा कोरोनाको खतरा तीव्र रूपमा बढेपछि ‘मरे आफ्नै मुलुकमा मरौंला’ भन्दै ५र६ दिन पैदल हिँडेर नेपालको सिमानामा आइपुगे आफ्नै देशभित्र छिर्न ठूलो संघर्ष गर्नुप¥यो। स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग हारगुहार गर्दा कुनै काम नपाएपछि तिनीहरू पुनः भारत फर्किएका छन्। यहाँ बस्दा खान नपाएर वृद्ध बाबुआमा र नाबालक केटोकटी मर्ने भए। हामीलाई थाहा छ– यतिबेला भारतमा कोरोना तीव्र गतिमा बढेको छ। विश्वमै भारत दोस्रो स्थानमा पुगेको छ कोरोनापीडित देशमध्ये।
यस्तो खतरा देख्दादेख्दै वृद्ध बाबुआमा र नाबालक छोराछोरीले खान नपाएर मरेको हेर्नुभन्दा ‘आपूm मरे मरौं। बाँच्यौं भने केही कमाएर बाबु, आमा र छोराछोरी बचाउन सकिन्छ कि भनेर हामी भारत फर्कंदै छौं’ भन्दै ती गरिब र असहाय आँसु बगाउँदै भारत फर्केको दृश्य कुनै पनि सहृदयी मानिसले हेर्न सक्ने अवस्था छैन। सत्तामा बसेका हृदयहीनका लागि गरिबका ती आँसुले छोएन। तिनका लागि गरिबको कुनै मूल्य रहेनछ र तिनको मुटु छोएन। ती सत्ताको लुछाचुँडीमै व्यस्त छन्। गरिबको व्यथा सुन्ने तिनमा धैर्य छैन।
मध्यपूर्वका विभिन्न देशमा काम गर्न गएका कामदारको पनि यस्तै अवस्था छ। काम गरिरहेका मुलुकमा पनि कोरोनाका कारण निर्माण व्यवसाय र उद्योग बन्द भए। काम नपाएर लाखौं नेपाली बेरोजगार बनेका छन्। तीमध्ये कतिको भिसाअवधि सकिएर अवैध विदेशी कामदार बनेका छन्। हामी आफ्नो मुलुक नेपाल फर्कन पाऊँ भनेर सम्बन्धित देशमा रहेका नेपाली दूतावास वा वाणिज्य दूतावासमा महिनौं धाउँदा पनि तिनको सुनुवाइ नभएपछि नेपाली दूतावासअगाडि धर्ना बस्नुका साथै नारा लगाउँदा पनि सुनुवाइ हुन सकेको छैन। संवेदनहीन भएपछि कसको के लाग्यो धन्य, कम्युनिस्ट सिद्धान्त र धन्य लेनिन र माओ
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकारको अत्याचार र अन्यायप्रति मौन मात्र होइन, कतिपय भ्रष्टाचार र अनियमिततामा सहकार्य गर्नु आश्चर्यको विषय हो। मुलुकमा यत्रो अत्याचार भएको छ। खान नपाएर गरिब मरिरहेछन्। गर्भवती महिला अस्पतालमा भर्ना हुन नपाएर मर्नुपरेको छ। कांग्रेस मौन छ। स्कुल–कलेजमा पढाइ नहुँदा लाखौं विद्यार्थीको भविष्य अन्धकार हुँदा कांग्रेस बोल्दैन। लाखौं नेपालीले ‘कोरोनाले काम बन्द भयो, बेरोजगार भयौं, मर्नुपरेछ भने आफ्नै मुलुकमा मरौंला तर स्वदेश फर्कन पाऊँ’ भनी हारगुहार गर्दा कुनै सुनुवाइ नभएपछि विदेशस्थित दूतावासअगाडि नारा लगाउँदा ती नारा कांग्रेसका कानमा परेन। कांग्रेसले आफुलाई प्रमुख प्रतिपक्ष दल भनेर कसरी जनताका अगाडि मुख देखाउने रु संसद् प्रभावकारी हुने भनेकै समिति प्रभावकारी हुनु हो। तर अहिलेका संसदीय समितिहरूले निर्णायक भूमिका खेलेका छैनन्।
चाहे भ्रष्टाचारका मुद्दा हुन्, चाहे विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने अथवा विद्यार्थीको पढाइ सम्बन्धमा होस्, संसदीय समितिहरू छलफल गरेर सरकारलाई निर्देशन दिने विषयमा गम्भीर देखिँदैनन्। नेकपा गम्भीर नहुनु स्वाभाविक छ तर संसदीय व्यवस्थामा आस्था र विश्वास राखेर ७० वर्षदेखि संघर्ष गरेको कांग्रेसको मौनता र अकर्मण्यता आश्चर्यजनक छ। सत्ता र प्रतिपक्षले नै व्यवस्थाको उपहास गरिरहेका छन्। नागरिक पीडामा परेको यस्तो संकटका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् बैठक माग गर्नुपथ्र्यो। अन्य देशमा कोरोना कहर चलिरहँदा संसद् बैठक बसिरहेछ, विभिन्न मुलुकमा चुनाव भइरहेछ तर त्यही काम नेपालमा किन नहुने यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।