Logo

आज भारी बर्षाको सम्भावना



काठमाडौं, असोज २ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि रहेकाले अहिले देशभर सामान्य बदली जारी रहेको छ ।

उक्त प्रभावका कारण आज देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाल जनाएको छ ।

त्यस्तै, रातीसम्म गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्