Logo

पेरिसडाँडामा बस्ने तय भएको नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं, २ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक आइतबार बस्ने गरी स्थगित भएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्ने तय भएको हो । पेरिसडाँडामा तत्कालिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अधिकारसहित सञ्चालनको जिम्मेवारी पाएपछि पेरिसडाँडामा बैठक स्थल तय गर्नु अर्थपूर्ण मानिएको थियो ।-फाइल तस्बिरः प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्