Logo

हामी स्वस्थ रहन के-के कुरामा ध्यान दिनुपर्छ, कस्तो हुनुपर्छ हाम्रो आहार ?



मिरा शाह, पोषण विज्ञ  : अहिलेसम्म कुनैपनि औषधि र अन्य खाद्यबस्तु कोरोनाको लागि पाएको पुष्टी भएको छैन । बरु, धेरैले आफैँ अरुको सुनेको र गरेकोे भरमा बिभिन्न प्रकारको खानेकुरा र औषधी सेवन गरेर उल्टै बिरामी भएको पाईएको छ । भिटामिन डि को अत्यधिक सेवनले झन बढी स्वास्थ्यमा असर पारेको पाईएको छ । त्यस्तै, गुर्जो, बेसार पानी, घ्युकुमारी, आदिको अत्यधिक सेवनले बढी नै समस्या भोग्नु परेको जानकारी अहिले समाचारबाट पनि थाहा भइरहेको छ । हामी नेपालि आफ्नो घरको, भान्साको खाना खाने बानि भएरपनि स्वस्थ भाको हो । तर पनि कतिपयले आफ्नो कार्य व्यस्तताले गर्दा घरबाहिरको खाना खाने गरेकोे पाईन्छ। स्कुल जाने बालबच्चालाइ खाजामा चाउचाउ, पाउरोटी, बिस्कुट आदि पठाइने गरेकोे पाइएको छ। तर, अहिलेको लकडाउनले गर्दा घरको खाना खाने बानी पक्कैपनि केही हदसम्म बस्यो होला। हामी भित्रबाट बलियो भए पो त बाहिरको संक्रमण र अन्य रोग आदिबाट बच्न सक्छौं ।स्वस्थकर जीवनशैली, उचित रहनसहन र खानपानले बिभिन्न रोगहरुसँग लड्ने क्षमता प्रदान गर्दछन् । अहिलेको विडम्बना यो छ की कसैले पनि मसंग समय छ भन्दैन् । कसैलाइ केही सुझाव दिएपनि नसुनेझैँ गर्दछन् । मेरो साथिहरुले त आहार तालिका पठाउन भन्ने गर्दछन् , तर फेरी आफैँ कुरा थप्ने गर्दछन् की तपाइँले भनेको अनुसार समय कहाँ छ र ? बिहानदेखि रातिसम्म त काम मात्र छ, कसरी समय निकाल्ने ? भनेर जिज्ञासा राखेको सुन्दा अत्यास लागेर आउँछन् । आफ्नो स्वास्थ्यको लागि समय छैन भन्नेले कसरी जीवनमा स्वस्थ रहन सक्छन ? मेरो प्रश्न छ । अहिलेको जटिल परिस्थिति जुन घरमा बसेर परिवारलाइ समय दिएको छ्, अहिले घरमा बनाएको खानेकुराहरु मात्र खाने बानी भएकोले स्वास्थ्यमा राम्रो असर परेको छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गरेकोे छ । ।
कुन कुन खानेकुरा खाँदा हाम्रो शरिरको इम्युनिटि पावर बढाउन सकिन्छ भन्ने कुरापनि मैले यहाँ उल्लेख गरेको छु ।कार्बोहाइड्रेट :

बिभिन्न प्रकारको अन्न समुह, जुन हाम्रो शक्तिको प्रमुख स्रोत हो । यसमा सबै प्रकारका अन्नजस्तै चामल, मकै, गहुँ, कोदो, फापरर आदि पर्दछ । हाम्रो दैनिक खानामा ४० देखि ६० प्रतिशत अन्न समुहबाट समावेश हुनुपर्छ । त्यो पनि व्यक्तिबिशेषमा फरक नि हुनसक्छ । जस्तै कोही मधुमेहका बिरामी छन, कोही तौल घटाउन खोजेको छ भने त्यो पनि हेर्नुपर्ने हुन्छ ।
भीटामिन (ए, डि, इ, के, र बि, सि,)

सबै प्रकारका भीटामिन, खनिज तत्व, लौह तत्व आदि भएको खानेकुराहरु जस्तै अमिलो फलफूल, हरियो सागपात् मौसमअनुसारको तरकारी आदिको दैनिक रूपमा भोजनमा समावेश गर्नुपर्छ । सुन्तला, मौसम, केरा, आरु, सखरखणड, जुनार, अमला, भुँईकटहर, नासपाति, काउली ब्रोकाउली, रायो, तोरी, चमसुर्, लटटे साग, भेडे खुर्सानी, मसलामा बेसार, लसुन, अदुवा, मरिच, मेथि, ज्वानो, हिङ्, टिमुर आदिमा बिभिन्न प्रकारको सुक्षम पोषक तत्व पाईन्छ । जसले शरिरमा भएको संक्रमणलाइ निर्मूल पार्ने काम गर्दछन् । यी खानेकुरामा भीटामिन बि६, इ, ए, सि, आदि प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक शक्ति बढााउन मद्दत पुर्याउने काम गर्दछन्।

प्रोटिन:

नाष्पति तथा जनाबर स्रोत दुबैबाट हामी प्रोटिन पाउन सक्छौँ । सेतो मासु, चिकेन, माछा, अण्डा, यी खानेकुरा जनाबर स्रोतबाट लिन सकिन्छ भने बिभिन्न प्रकारको दाल, गेडागुडी, राजमा, सिमि, केराउ, भटमास, सोयाबिन्, बदाम्, आदिको प्रयोग हामी दैनिक भोजनमा आफू शाकाहारि, मान्साहारि, आफ्नो रुचीअनुसार उपयोग गर्न सकिन्छ । यसमा भीटसमिन बि १२, भीटामिन ६, मिनरलस, खनिज तत्व, लौह तत्व, एमिनो एसिड, जिलाटिन, कोनडरोलिन,प्रयाप्त मात्रामा पाइन्छ्, जसले रोग संग लड्ने क्षमता प्रदान गर्दछन् ।

सूर्यमुखिको बिउ, र अन्य दानाहरु

यसमा भीटामिन बि ६,र इ फोस्फोरस्, म्यागनेसियम आदि पाइन्छ । रोग प्रतिरोधात्मक शक्ति पनि प्रदान गर्दछन् । तिल, आलस, फर्सिको बिउ, चमसुरको बिउ आदिको सेबन गर्नुपर्छ ।

मकै (काचो, सुकेको, पोलेको उसिनेको)

मकै जुनसुकै बेला, जस्तोसुकै पोलेर भुटेर उसिनेर, आफूअनुकूल खान सकिन्छ । यसमा थोरै क्यालोरी, डाइटरी, फाइबर, एनटिअक्सिडेनट, भीटामिन खनिज तत्व पाइन्छ । यो खाजाको रुपमा प्रयोग गर्न सकिन्छ । र, हामिलाइ थोरै भए पुग्छ ।

ग्रिन टी, हर्बल टी

अहिले पानी पछाडीको सवैभन्दा बढी पेय पदार्थमा ग्रिन टी , हर्बल टी को सेबन बिश्बमा प्रचलित भएको पाइन्छ्, । यो शरिरको बिकारलाइ हटाई, शरिरको अनाबशयक तौललाइ नियन्त्रण गर्नुको साथै रोगसंग लड्ने क्षमतासमेत प्रदान गर्दछन् ।

अदुवा , बेसार, मह , कागती

यिनीहरूको चिया दैनिक रुपमा समावेश गर्न सकिन्छ । यसको प्रयोगले वाकवाकि लाग्ने, खानमा अरुचि, पेटको समस्या आदिको समस्या निको हुन्छ।

दही, मोही, लस्सी

यो प्रोबायोटिक, पेटको सम्पूर्ण स्वास्थको लागी एकदमै उपयोगी छ । यसमा भएको सूपााचय प्रोटिन, जुन दूध नखाने लाइ, दही, मोही, लस्सी आदि खान सकिनेछ । खानामा रुचि, पाचन प्रणालीमा सहयोग पुर्याउने काम गर्दछन् ।
चिनी, मैदा , नुन, रिफाइन तेल, आदिको साटो सिरे नुन, सखर, नरिवल, तेल, आलसको तेल, बदामको तेल, मिक्स पिठो (भटमास, गहुँ, कोदो, फापर) आदिको सेवन गर्नुपर्छ ।

केही उपयोगी टिप्स

+ नियमित रूपमा शारिरिक क्रियाकलाप र योग गर्ने,
आफ्नो शरिरको अबस्था, उमेर, आदिको ख्याल गरेर दैनिक रुपमा सक्रिय जीवनयापन गर्ने
= वनस्पतिजन्य बस्तुको उपयोग बढी मात्रामा प्रयोग गर्ने
बढी मात्रामा चिल्लो पदार्थको सेबन नगर्ने। मैदाको खानेकुरा बढी सेवन नगर्ने।
= सकरात्मक सोचाइ , सक्रिय जिबनशैली, सामाजिक कार्य गतिविधिमा समय बिताउने,
= अहिलेको परिस्थितिमा घर परिबारमा, माया, सहयोग गर्ने । एक आपसमा सहयोग गर्ने, आफ्नो बालबच्चालाइ जिम्मेवारी सिकाउने
= धुम्रपान्, मद्धपानको सेबन नगर्ने, शरिरको तापक्रम नियन्त्रण राखन्, पानि, पेय पदार्थ , ताजा जूस , नरिवल पानि, सर्बत्, मोहि, आदिको सेबन गर्ने
= बालबालिकालाइ सिउने, घरको कामकाजमा सघाउन सिकाउने।

व्यक्तिगत सरसफाइमा बढि ध्यान दिने, साबुन पानिले हात धुने आदि गर्नुपर्छ । समय समयमा नियमित चिकित्सकसंग सल्लाह लिने, स्वास्थको नियमत जाँच गराउने, रातो मासु, धेरै नन, तेल, घ्यु आदि कम गर्ने। आफ्नो दिनचार्याको नियमित ब्यबहारमा ल्याउने। खाना खाएको कम्तिमा २ देखी ३ घण्टापछि पछाडी मात्र सुत्ने । पानी पनि खानुपर्ने बानि बसाल्ने। यदि आफ्नो तौल घटाउन छ भने पोषण विज्ञहरूको उचित सरसल्लाह लिनुपर्छ । खाना बढी खाएको भन्दा नि सन्तुलित गरेर खाने, नखाने र कम खाँदैमा तौल कम हुने हँुदैन। बिभिन्न प्रकारको भ्रमबाट बच्नुपर्छ । स्वस्थ रहौं । अरुलाइ नि स्वस्थ रहने वातावरण सिर्जना गरौं ।

शाह कीर्तिपुर बर्न अस्पतालरनेपाल नेशनल अस्पतालरमार्क इन्टरनेशनल किडनि सेन्टरमा आवद्ध छिन् ।

 



प्रतिक्रिया दिनुहोस्