वीरगंज, २ असोज । खोलाले बगाउँदा एकजना बालकको शुक्रवार मृत्यु भएको छ । चितवनबाट ठोरी आउने क्रममा चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले टयाक्टर पल्टिदा सन्तोष र निरुता सुनुवारको एक महीनाको छोरा खोलाले बगाएको थियो ।
कञ्चनपुरबाट टयाक्टरमा ठोरी माइती घर आएका दम्पतीले टिउकी खोला तर्न लाग्दा खोलाले टयाक्टर पल्टाएको थियो । काखमा रहेकी बच्चा खोलामा खसेपछि प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले बच्चाको शव भेटाएका थिए । शुक्रवार बिहान ठोरीमा ठूलो वर्षा भएको थियो जसले गर्दा टिउकी खोलामा बाढी आएको थियो ।