Logo

निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री पुन परिवारसहित होम आइसोलेसनमा



काठमाडौँ, ३ असोज । निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुनलगाएत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् । मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्