Logo

पाँच वर्षे अवधिमा सत्ता र सत्ता संरक्षित गुटबाहेक अरुले संविधानको प्रतिफल पाएनन् : डा. आचार्य



काठमाडौं, ३ असोज । संविधाविद् डा. भीमार्जुन आचार्यले संविधान जारी भएको पाँच वर्षको यो अवधिमा सत्ता र सत्ता संरक्षित गुटबाहेक अरुले संविधानको प्रतिफल नपाएको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा आज (शनिबार) सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संविधान लेखिने चिजहरु सजावटका लागि नभई कार्यान्वयनका लागि हुनेपनि बताएका छन् । उनले लेखेका छन्,‘संविधानमा लेखिने चिजहरू सजावटका लागि नभै कार्यान्वयनकालागि हुन्छन।संविधानका प्रावधानलाई enabling clauseमानिने हुँदा संविधानमा लेखिएको एउटा शब्दको पनि ठूलो महत्व हुन्छ।दिन चाहे संविधानमा धेरै थोक छन।पाँच वर्षे अवधिमा सत्ता र सत्ता संरक्षित गुट बाहेक अरूले संविधानको प्रतिफल पाएनन्।”



प्रतिक्रिया दिनुहोस्