Logo

काठमाडौंमा एकैदिन  ७११ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७  सय ११ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय ४  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७  सय ११ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १० हजार  ३ सय  ३३  जनाको पिसीआर परिक्षणमा १२  सय ४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४ सय ४७  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ४५ हजार २  सय   ६७ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५७०  जना र ललितपुरका ५८ जना र भक्तपुरका ८३  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६२ हजार ७  सय ९७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्