Logo

गाउँपालिकाका सबै क्वारेन्टाइन हटाइए



भैरहवा, ४ असोज । रुपन्देहीको कञ्चन गाउँपालिकामा बनाइएका सबै क्वारेन्टाइन हटाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकारण तथा रोकथाम गर्न गाउँपालिकाको ब्यवस्थापनमा गत चैत १४ गतेदेखि पाँच स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण बैदेशिक रोजगार गुमेर छिमेकी देश भारत लगायत विभिन्न तेस्रो मुलुकबाट नेपाल आएका ७२६ जनालाई ती कवारेन्टाइनमा राखिएको थियो । गाउपालिका भन्दा बाहिर वा बिभिन्न देशहरुबाट कञ्चनमा आउनेक्रम रोकिएपछि क्वारेन्टाइन हटाइएको हो ।

छिमेकी देश भारत लगायत विभिन्न तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा रहेका ७२६ जना मध्ये चार सय जनाको पिसिआर गरिएको थियो बाँकीको आरडिटी परीक्षण गरिएको कञ्चन गाउँपालिका स्वास्थ्य प्रमुख राम प्रसाद गौतमले जानकारी दिनुभयो ।

कञ्चनमा पछिल्लो तथ्यांक अनुसार ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने ५९ जना निको भई डिस्चार्ज भएका छन् । त्यस्तै १० जना होम आइसोलेसनमा रहेका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्