Logo

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन



काठमाडौँ, ४ असोज। प्रिमियर इन्स्याेरेन्स (PIC) ले बिक्रीमा ल्याएको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने असोज ४ गते आइतबार अन्तिम दिन रहेको छ। प्रिमियरले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा लएको थियो।

उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता न्युनतम २ हजार ३०० रुपैयाँमा तोकेर प्रतिशपर्धात्मक आवेदन गर्नुपर्नेछ।

बोलपत्र बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नारायणचौर नक्सालबाट बुझाउन सकिनेछ।

यस बोलकबोल प्रकृयामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा सहभागी हुन पाउनेछन्। इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।-मेरोलागानी/File Photo



प्रतिक्रिया दिनुहोस्