वरिष्ठ चिकित्सक डा. भोला रिजालले कोरोना संक्रमणको कुरा गर्दा उमेर बढि भयो भनेर तर्सिने र जवान छु भनेर उम्लिने काम पनि गर्न नहुने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भउको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषिध धमलासँग कुरा गर्र्दै डा. रिजालले यस्तो बताएका हुन् । पत्रकार धमलाले कोरोनाको संक्रमणको कुरा गर्दा उमेरको कुरा बढि आउँदैन, किनभने रोगको कुरा बढि आएको छ नि होइन, पछिल्लो समय ? भनेर सोधेको प्रश्नमा उनले भनेका छन्,‘हो । उमेर भनेर तर्सिने काम पनि छैन । म एकदम जवान छु, भनेर उम्लिने काम पनि छैन । त्यो कसैलाई पनि हुनसक्ने चीज हो । नहोस् भन्नका लागि हामीहरूले धेरै प्रयास गर्दा पनि नभईदिए त कस्तो जाति । मान्छेले जिविकोपार्जन गर्नका लागि जे पनि गर्नसक्छ । फिल्डमा गएर काम गर्छ । उद्योग, अफिसमा गएर काम गर्नसक्छ तर नहोस् भन्दाभन्दै पनि भयो भने कुनैपनि उमेरको भएपनि संक्रमण हुनसक्छ । हामीले अपनाउनुपर्ने जति कुराहरू छन्, त्यो हामीले अपनायौँ भने सबैजना निको हुन्छौँ । आज हेर्नुस्, अधिराज्यभरिको यति संक्रमण छ ।’ प्रस्तुत छ डा. रिजालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:
अब तपाईको परिवार (तपाई र तपाईको श्रीमती) लाई कोरोनाको संक्रमण भएको थियो । अहिले कस्तो छ अवस्था ?
झण्डै हामीले २१ दिन अगाडि टेस्ट गर्दा ह्याम्स हस्पिटलमा, हामी दुवै जनालाई पोजिटिभ देखियो । देखिसकेपछि हाम्रो उमेरको कारणले गर्दाखेरि कहिलेकाँही ज्वरो आउने, यो लक्षणले गर्दाखेरि हामीहरूले घर बसेर उपचार गर्नको लागि अलि सुरक्षित लागेन । त्यसैले यहाँ कुरा गरेर संक्रमण थाहा भएकै भोलिपल्ट हामी ह्याम्स हस्पिटल आयौँ । आईसकेपछि जुन एउटा व्यवस्थित् तरिकाबाट त्यसको उपचार सुरु भयो, हामीहरूलाई सबैतिरबाट मनोबल उच्च राख्ने खालको जतिपनि हाम्रा शुभचिन्तकहरूलाई हामीलाई फोनमार्फत शुभेच्छाहरू दिनुभयो । जे÷जे चाहिन्छ, जतिखेर चाहिन्छ, यहाँको उपचार पद्धति, प्रोटोकलअनुसार सुरु भयो । बीचमा एकपल्ट मेरो मिसेस सरलालाई श्वाँसप्रश्वाँसमा अलिकति तलमाथि परेको थियो । त्यसले गर्दाखेरि थोरै अक्सिजन सप्लिमेन्ट पनि गर्नपरेको थियो । औषधीहरू पनि चलाउनु परेको थियो । पाँचदेखि छ दिन हामीले त्यसरी चलायौँ । त्यसबाहेक हामीलाई कुनैपनि त्यस्तो अप्ठ्यारो परेन । आज हाम्रो २१ दिन आईतबार, आज हामी १२ बजेसम्ममा घर फर्किने एउटा ठुलो मनोबल, उत्साह लिएर फेरि जस्तो काम गर्नुपर्ने हो, जसरी सेवा दिनुपर्ने हो, जसरी अरूलाई उच्च मनोबल राखेर जुन अहिलेको विषम परिस्थिति छ, यसलाई सामना गर्नको लागि जति कुराहरूमा सक्रिय हुन्छु नै भन्ने छ ।
तपाईँलाई फेरि परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अहिलेको अवस्थामा तपाईले त्यहाँ भोग्नुपरेको, २१ दिनसम्म अस्पतालमा भोग्नुपरेको समस्याको बारेमा बताउनुहोस् । कोरोना कस्तो रोग रहेछ ? तपाईलाई समस्या के–के आए ?
सबैभन्दा पहिले त म के भन्छु भनेदेखि अहिले म पोजिटभ आएँ भने पनि त्यो सकारात्मक नै लिनुपर्छ । मैले सबैलाई के विश्वास दिलाउन सक्छु भनेदेखि हामीले जतिपनि अपनाउनुपर्ने कुराहरू हुन्, ती कुराहरू सबैले सुरुमा नै साबधानीपूर्वक अपनाएर जति पनि हाम्रा सामाजिक दूरीका कुराहरू छन्, हात धुने, मास्क लगाउने, कुहिनोले नाक छोपेर हाँछ्यु गर्ने, भीडभाडमा नजाने, यी सबै मेन्टेन गर्ने हो भने पहिलो पक्षबाट हामीहरू धेरै नै सचेत हुन्छौँ। जसरी हामीलाई स्वास्थ्यकर्मीलाई कहिले कहाँबाट कसरी हुन्छ भन्ने कुरा कसरी थाहा पाउने र ? तर भईसकेपछि पनि यसमा एकदम अत्तालिने होइन । यसलाई एकदम हाई–मोरल राखेर हामीले अरूलाई पनि यही कुरा कसरी सिकाउने हो, यो त हामीलाई एकदम राम्रो अनुभव भनौँ, हामीहरू एकै कोठामा बार थियो, हामी यसरी बस्यौँ । चिया पकाएर बिहान उठेदेखि नै नित्यकर्महरू सकिएपछि हामीहरू चियापानी, ज्वानोपानी, गुर्जोपानी, अदुवा, लसुन हालेर खाने, यस्ता चिजहरू हामीहरू दुई/दुई घण्टामा कहिले सरलाले बनाउने, कहिले मैले बनाउने गर्दा एक्टिभिटिजहरू पनि भईराख्ने हुन्छ । म सर्वसाधारणलाई के भन्न चाहन्छु भनेदेखि यसको हामीले थोरै कसरी बच्ने ? अहिले त हामीले सबैलाई बचाएका छौँ, दोस्रो स्टेजमा संक्रमण हुन थाल्छ, घाँटीमा कफहरू जम्न थाल्छ, थुक निल्न कठिन पर्छ । त्यो बेलामा हामी अलि बढि सजक हुुनुपर्छ । हामीले छिनछिनमा तातोपानीले बाफ लिने गर्नुपर्दछ ।
कोरोनाको संक्रमणको कुरा गर्दा उमेरको कुरा बढि आउँदैन, किनभने रोगको कुरा बढि आएको छ नि होइन, पछिल्लो समय ?
हो । उमेर भनेर तर्सिने काम पनि छैन । म एकदम जवान छु, भनेर उम्लिने काम पनि छैन । त्यो कसैलाई पनि हुनसक्ने चीज हो । नहोस् भन्नका लागि हामीहरूले धेरै प्रयास गर्दा पनि नभईदिए त कस्तो जाति । मान्छेले जिविकोपार्जन गर्नका लागि जे पनि गर्नसक्छ । फिल्डमा गएर काम गर्छ । उद्योग, अफिसमा गएर काम गर्नसक्छ तर नहोस् भन्दाभन्दै पनि भयो भने कुनैपनि उमेरको भएपनि संक्रमण हुनसक्छ । हामीले अपनाउनुपर्ने जति कुराहरू छन्, त्यो हामीले अपनायौँ भने सबैजना निको हुन्छौँ । आज हेर्नुस्, अधिराज्यभरिको यति संक्रमण छ ।
कोरोनाको संक्रमण त बढि नै रहेको छ, नियन्त्रण कसरी गर्ने ? जनतालाई कसरी बचाउने ? उपचार कसरी गर्ने ?
सबैभन्दा पहिले त उपचारका पद्धतिहरू सरकारी, निजी अस्पतालहरू जहाँपनि तोकेर जसरी उपचार भईरहेको छ, उपचारहरूको एउटा पाटो धेरै नै व्यवस्थित हुन हुन खोजेको छ र भईरहेको छ । बाँकी रहेको पूर्व सर्तकताको लागि सुरुकै दिनदेखि सबैलाई अनुरोध गर्दै आईरहेका छौँ । हामी सबै अनविज्ञ पनि होइनौँ, कहिलेकाँही हामी हाम्रो हकको लागि पनि लागिपर्छौं। जसले गर्दाखेरि यो त गर्नैपर्छ भन्ने छ । दश जनाभन्दा बढि भेला नहुनुपर्ने ठाउँमा हामी धेरैजना भेला भएर जुन सामाजिक दूरीहरूको कुरा छन्, त्यो मेन्टेन गर्दैनौँ । हामीहरू मास्क रामोसँग लगाउँदैनौँ । नजिकै बसेर ठुलो–ठुलो स्वरमा इन्फेक्सन हुने गरेर हामीहरू कुराहरूलाई मेन्टेन नगरिकन हामीहरू गफ गरिरहेका छौँ । यी सबै कुराहरूलाई हामीले अझै पनि पालना गर्नैपर्छ । आज खुशी लाग्यो कि वीरगञ्जमा संक्रमणको दर एकदमै घटेको छ । सर्लाही, मलंगवा, नवलपरासी, धेरै संक्रमण भईरहेको ठाउँमा कम भएको छ । कुनै पनि कारणले जे भएको छ, त्यसलाई पत्ता लगाएर हामीहरूले कसरी जनतालाई अझै सचेत तुल्याउने ? एकजनाबाट अर्कोमा जान नपाओस् भनेर कसरी पालना गर्न लगाउने ? यी चीजहरू हामीले गर्नुपर्छ । अहिले आएर बेलायतमा दोस्रो चरणमा पुग्यो भनेर चिनिँदैछ । विश्वास राखौँ, त्योपनि निर्मूल हुन्छ । संसारभरिबाटै यो सबै चीज जान्छ । जसरी इबोला गयो, यस्ता रोगहरूबाट जसरी संसारले विजय हाँसिल गरिसकेको छ भनेदेखि यसमा पनि हामीले विजय हासिल गर्छौँ । यसमा हतोत्साहित हुनुहुँदैन ।