Logo

अन्तर्राष्ट्रिय क्षेत्रीय उडानको अनुमति लिँदै यती एयर



काठमाडौं, असोज ६ । यती एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानका लागि मन्त्रालयसँग अनुमति मागेको छ । यती एयरले भारतीय बजारमा उडान भर्ने योजनासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालका अनुसार ०५५ देखि यात्रुलाई सेवा दिँदै आएको यती एयरलाइन्ससँग हाल ७२ सिट क्षमताका ५ एटिआर, ३० सिट क्षमताका ५ जेटस्ट्रिम र भगिनी संस्था तारा एयरसँग ४ वटा ट्वीनवटर विमान गरी १४ विमान सञ्चालनमा छन् ।

‘दुई दशक लामो आन्तरिक उडानपछि भारतका केही क्षेत्रीय बजारमा जान सक्ने गरी कम्पनीले अन्तर्राष्ट्रिय अनुमतिका लागि मन्त्रालयमा अनुमति माग गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्