Logo

ढोरपाटनमा २० दिनपछि सञ्चार सेवा



गलकोट, ६ असोज: ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पु¥याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो । केन्द्रीय विद्युत नपुगेको ढोरपाटन क्षेत्रमा लघुजलविद्युतबाट मोवाइल टावर सञ्चालन गरिँदै आइएको थियो ।

बाढीले ढोरपाटनको भूजीखोला क्षेत्रको ११ जलविद्युतमा क्षति पु¥याउँदा सञ्चार सुविधाबाट वञ्चित भएका ढोरपाटनबासीलाई नेपाल टेलिकमले वैकल्पिक उर्जा सोलार जडान गरी सोमबारदेखि सेवा सुचारु गरेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । बाढीका कारण ढोरपाटन नगरपालिका–८ र ९ मा भदौं १७ गतेदेखि सञ्चार सुविधा अवरुद्ध भएको थियो । बाढीका कारण वेपत्ता भएका ३७ मध्ये २२ जनाको शव फेला परेको छ भने १५ जना अझै वेपत्ता रहेका छन् ।

विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा सञ्चार मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पु¥याएको हुँदा तत्काल त्यहाँ सोलार जडान गरी मोवाइल सेवा सञ्चालनमा आउन सकिएको थिएन । ढोरपाटन नगरपालिकाको समन्वयमा सालझण्डी–ढोरपाटन सडक आयोजनाले केही दिन पहिले उक्त स्थानसम्म सडक मर्मत गरे पछि सोलारका सामाग्री पु¥याएर जडान गरिएको हो । “तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको हो,” उनले भने “सोलार प्रणलीबाट जडान गरिएको टावर घाम नलाग्दा समस्या ल्याउन सक्छ, विद्युत सुचारुचएपछि पुन टावरलाई विद्युतवाट सञ्चालनमा ल्याउने छौं ।”

ढोरपाटन ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको छ । सेवा सुचारु गर्न टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडक बाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको हो ।

बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिङ्क बन्द रहेको थियो । लिङ्क बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा समेत २० दिनदेखि मोवाइल सेवा अवरुद्ध रहेको टेलिकम पोखराका इञ्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिए । टावरमा सोलार जडान गर्न प्राविधिक कटकबहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । यही सोमबारदेखि मोवाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयहरू खुशी भएको ढोरपाटन –९ का वडाध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिए ।

पाडोपाडी संरक्षणमा जुटे युवा

भैँसी ब्याँएपछि पाडोपाडी कटाउने चलन सबै गाउँमा छ । त्यसैले अहिले गाउँमा भैँसी पाउनै मुश्किल भएको छ । पाइहालेमा महंगो मूल्य तिर्नुपर्ने भएको छ । दूध बढाउने निहुँमा पाडोपाडी मासिदा र पशुपालनको झञ्झट बेसाउन नचाहने स्थानीयको चाह अनुसार गाउँमा स्थानीय जातका भैँसी देखिन समेत कठिन हुन थालेको छ । बलेवाका एक युवाले पाडोपाडी किनेर पाल्न थालेका छन् । काठमाडौँबाट होटल व्यवस्थापनमा स्नातक गर्नुभएका ती युवाले बन्दाबन्दीमा घर आएको समयमा नितान्त फरक उद्यम शुरुआत गरेका हुन् । उहाँ अहिले गाउँमै बसेर पोडोपाडी हुर्काउनु व्यस्त छन् । स्थानीय जातका भैसी तथा राँगो लोपहुन थालेपछी संरक्षणका लागि थालिएको हो ।

बागलुङ नगरपालिका–१३ पैयुपाटाका २४ वर्षीय रमेश शर्मा लामिछानले पाडोपाडी लोप हुन थाले पछि संरक्षण गर्नका लागि अग्रसरता देखाउन थाल्नुभएको हो । गाउँमै बस्ने सोच बनाएका उनले गत असारदेखि गाउँका पाडोपाडी खरिद गरेर पाल्न थालेका छन् । नयाँ काम गर्नुपर्दछ भन्ने सोच अनुसार गाउँका लैना पाडोपाडी किनेर पाल्दै आएको उहाँले जानकारी दिए । उनका गोठमा अहिले ४५ पाडोपाडी छन् ।

“बन्दाबन्दीका कारण गाउँ आएको म काठमाडौँ नजाने गरि पाडोपाडी हुर्काउन थाले” युवक लामिछानेले भने “अनलाइनबाटै डिग्री पढ्ने र पाडापाडी खुर्काउने सोचका साथ भौतिक संरचना निर्माण गरिहेको छु ।” यस्तो पढे लेखेको मान्छेले लैना पाडो उठाउँदै हिँडेको देखेर गाउँलेले नकरात्मक टिका टिप्पणी गर्दै आएको भए पनि आफू विचलित नभएको उनको भनाई छ । शुरुमा पुरानो गोठबाट पाडोपाडी हुर्काउन थालेका उनले अहिले सात लाख खर्च गरेर आधुनिक गोठ समेत निर्माण गरेका छन् ।

“गाउँमा पाडापाडी व्याएमा हामीलाई खबर गर्नु हामी लगेर पाल्छौं भनेर अभियान चलाइयो,”उनले भने, “पाडोपाडी जन्मे पछि काटेर खानेलाई दिदाँ गाउँमा भँैसी नपाइने समस्या भए पछि यस्तो व्यवसाय शुरु गरेको हुँ ।” उनका अनुसार, पाडोपाडी हुर्काएर ठूलो भएका भैँसी सुपथ मुल्यमा बिक्री गर्ने लक्ष्य छ । कम्तीमा १ सय पाडोपाडी हुर्काउने लक्ष्य रहेको जानकारी दिए । दुई भैँसी र एक गाउँले दिएको दूध खुवाएर पाडापाडी हुर्काउन थालेका उनले जन्मेको तीन महिनापछि पाडोपाडीले घाँस र अन्न खाना थाले पछि भने सहज हुने बताए । काठमाडौंमा होटल व्यवसाय गर्दै आएका दाजु चेतन र लालु लामिछानेलाई सघाउदै आएका उनले दाजुकै सल्लाहमा गाउँमा पाडोपाडी संरक्षण गर्न थालेका हुन् । उनले बलेवा पशुपालन केन्द्र नामक फर्म दर्ता समेत गरेका छन् ।

पाडोपाडी संरक्षण गर्न थाले पछि भैँसी तथा राँगोकोे सहजता गराउने युवा किसान लामिछानेको भनाई छ । उनले एक हजारमा लैनो पाडो खरिद गरेर ल्याउदै आएका छन् । पाडोपाडी हुर्काउन पाउँदा निकै सन्तुष्टी मिलेको उनको भनाई छ । लैना पाडोपाडी सङ्कलन गरि पाल्ने पशुपालनबाट दुग्ध उत्पादनमा गाउँ र जिल्लालाई आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने सोचका साथ फरक पेशामा लागेको उनको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्