Logo

कहिले होला अख्यिारसहित संवैधानिक अंगमा नियुक्ति ?



काठमाडौं, ६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित तीन आयुक्तको पद रिक्त छ । अख्तियारमा प्रमुख आयुक्त नभएपछि गणेशराज जोशीले कार्यवाहक प्रमुख आयुक्तका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

रिक्त तीन आयुक्त पदमा नियुक्तिका लागि राजनीतिक सहमति निकाल्न प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय छन् । तर, बाँडफाँडमा कुरा मिल्न सकेको छैन । सत्तापक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दालहा प्रचण्डबीच पटक पटक संवैधानिक अंगको नियुक्तबारे कुराकानी भइसकेको छ । ओली र प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि संयुक्त रुपमा यसबारे छलफलमा बसिसकेका छन् ।

नेताहरुबीच छलफल भएपनि बाँफाँडको टुंगो लागेको छैन । विश्वस्त स्रोतका अनुसार अख्तियारमा एक आयुक्त आफूले भनेको व्यक्ति हुनुपर्ने देउवाको अडान छ । प्रचण्डको पनि माग त्यस्तै रहेको छ ।

नेकपा सचिवालयमा आज पनि संवैधानिक अंगमा छिटो नियुक्तिको विषय उठेको छ । नियुक्तिमा नेकपाका नेताहरुले पनि चासो बढाएका छन् ।

अख्तियारसहित विभिन्न संवैधानिक अंगहरुमा ४० भन्दा बढी पद खाली छ । ती पदहरुमा बाँडफाँड गरी कुरा मिलाउन खोजेको धेरै भइसकेको छ । अहिले अख्तियारमा तीन आयुक्तको पद रिक्त भएपछि भने ओलीले पनि चासो बढाएका छन् ।

संवैधानिक अंगमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्नुपर्ने हुन्छ । जसमा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख रहने प्रावधान छ । न्यायपरिषद्ले मात्र संवैधानिक अंगहरुमा नियुक्ति दिन सक्छ । तर, न्यायपरिषद्मा सहमति हुन नसके नियुक्ति जटिल छ ।



प्रतिक्रिया दिनुहोस्