Logo

डा.केसीलाई त्रिभुवन विमानस्थलबाटै अपहरण शैलीमा प्रहरीले ट्रमा सेन्टर पु¥याए



काठमाडौ, ७ असोज । चिकित्सा शिक्षा र जनस्वास्थ्यको हितका बिषयलाई लिएर पटक पटक आमरण अनसन बसी केही हद सम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि सरकारलाई बाध्य बनाउँदै आउँनुभएका डा.गोविन्द केसी यतिबेला सरकारको आँखाको कँसिगर जस्तै बन्नुभएको छ ।

विगत ९ दिनदेखि जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको अवस्थामा सरकारले अपहरण शैलीमा उहाँलाई कर्णाली अस्पताल पुर्याएपछि उहाँको जीवन रक्षाका लागि आज मंगलबार बुद्धएयरको उडान मार्फत काठमाडौ ल्याईयो । उहाँ त्रिभुवन विमानस्थलमा झर्दा सरकारको निर्देशनको पालना गर्दै सुरक्षाकर्मीले पुनः अपहरण शैलीमा एम्बुलेन्सबाटै लछारपछार पार्दै भैमा झारे ।

त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्सबाटै डा.केसीलाई सरकारले अपहरण शैलीमा वीर अस्पतालको ट्रमा सेन्टर पुर्याएको छ । सोमबार उहाँलाई जुम्लाबाट नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो । उहाँले आमरण अनसन जारी राख्ने अडानका साथ बस्नुभएको र भेरी अस्पतालको आईसीयूमा उपचार गर्न मान्नुभएन ।

जुम्लाबाट उहाँले अनसन बसेको आठौ दिनमा विज्ञप्ती जारी गदै आफु कुनैपनि हालतमा माग पुरा नभएसम्म अनसन जारी राख्दै काठमाडौ आउँने बताउनुभएको थियो । जुम्लामा दुईबर्ष अघि सरकारले अस्पताल हाताभित्रै डा।केसीका समर्थकलाई प्रहरी परिचालन गरि अन्धाधुन्द रुपमा कुटपिट गरेको घटनालाई स्मरण गर्दै आफु अहिले पनि यहि बसिरहे यस्तै अवस्था हुन्छ भनेर काठमाडौ फर्कनलागेको उल्लेख गर्नुभएको थियो ।

उहाँ काठमाडौ फर्कने सुचना सँगै तैनाथ भएको प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगियो भने उहाँका धेरै समर्थकले साथ दिन्छन भन्ने डरले त्रिभुवन विमान स्थलको गेटबाटै एम्बुलेन्स भित्रबाट अपहरण शैलीमा लछारपछार गर्दै घिसारेर प्रहरीले ट्रमा सेन्टर लगेको उहाँका सहयोग प्रितम सुवेदीले बताउँनुभयो ।

डा.केसीले आज सम्म उपचार पनि लिनुभएन र अनसन पनि जारी राख्नुभयो । आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान लिएपछि डा. केसीलाई मंगलबार बिहान ११ः २५ मा बुद्ध एयरको फ्लाइटबाट नेपालगंजबाट उडी १ जबे काठमाडौं आईपुग्नुभएको थियो । काठमाडौ आईपुगेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उहाँका सुभचिन्तक, सरहयोगीहरुद्धार रेखदेख हुने भएकाले त्यही अनशन जारी राख्ने कार्यक्रम तय भएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्