Logo

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन, ‘ब्याक अफ चाईना’को नारा (फोटोफिचर)



काठमाडौं, ७ असोज । चीनले नेपाली भूमि मिचेको भन्दै नेपालस्थित् चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’को नारा लगाएका थिए । उनीहरुले चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, पूरानो सन्धि लागु गर, सिमा नाका खुल्ला गर र भन्सारमा रोकिएका सामानहरु खुल्ला गरलगायतका चर्का नारा लगाएका थिए ।

पछिल्लो समय चीनले नेपालको हुम्लामा जमिन मिचेको समाचार आईरहेका छन् । नेपाली भूमिमा चिनियाँहरुले ९ वटा घर बनाएको खुल्न आएको छ । र, हाल हुम्लाका सिडिओ वार्ताको लागि चीनमै रहेको बुझिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot