Logo

सरकारी निर्णय उल्लंघन गर्ने कारबाहीमा



कास्की, ७ असोज । सरकारी निर्णय उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी निर्णय उल्लंघन गरी पोखरा गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गर्ने होष्टल संचालिका पोखरा न्युरोड घर भएकी सनसरी श्रेष्ठलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोरोना भाईरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु संचालन नगर्ने नगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्