Logo

उपत्यकामा एकैदिन ६३७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,  ७ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ११ सय  ७२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६ सय ३७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ९ हजार ४  सय  ४९  जनाको पिसीआर परिक्षणमा  ११ सय  ७२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १८९३  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या   ४९ हजार  ९ सय  ५४ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ४९२ जना र ललितपुरका ५० जना र भक्तपुरका  ९५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६७ हजार ८  सय ४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्