Logo

कैदीलाई पैसा लिएर छाड्न सर्वोच्चको आदेश



काठमाडौ, ७ असोज । विभिन्न कारागारमा रहेका कैदीलाई कोरोना संक्रमणबाट बचाउन कानुनमा व्यवस्था बमोजिम पैसा लिएर छाड्न सकिने वातावरण तयार हुने अवस्था बनेको छ । सर्वोच्च अदालतले नै संक्रमणबाट बचाउन कानुनले तोकेको रकम लिएर थुनामुक्त गर्न सक्ने फैसला सुनाएपछि यस्तो वातावरण बनेको हो ।

सर्वोच्चका न्यायाधिसहरु डा.मनोजकुमार शर्मा र सपना मल्लको संयुक्त इजलासले कैदीलाई उच्च संक्रमणको जोखिम भएकोले राज्यले उनीहरुलाई कानुनमा भएको व्यवस्था बमोजिम रकम लिएर थुना मुक्त गर्न सक्ने फैसला सुनाएको हो ।

सर्वोच्चले दिएको आदेशमा कारागारको क्षमता भन्दा बढी कैदीहरु राखेकाले अत्यधिक भिडभाड भएको हुँदा कोरोना भाइरसको जोखिम बढेको अवस्था छ । कारागारमा बसेका कैदी पनि नागरिक हुन् । उनीहरुले अन्य नागरिक सरह जीवन र स्वास्थ्य सुरक्षा तथा संक्रमणको जोखिमबाट सुरक्षित गराउनु पर्ने राज्यको दायित्व भएको प्रस्ट्याउदै कैदीको हकमा पनि मानविय व्यवहार गरिनुपर्ने स्पष्ट पारेको छ ।

एक वर्ष वा एक वर्ष भन्दा कम कैदको सजाय भोगेको मुद्दामा कसुरदारको उमेर, कसुरको तरिका, उसको आचरण र गम्भीरतासमेतलाई हेरर सार्वजनिक शान्ती, कानुन र ब्यवस्थामा खतरा नपुग्ने भएमा ३ सय तिरेर अदालतले कैद मुक्त गर्न सक्ने कानुनी व्यवस्था रहको छ ।



प्रतिक्रिया दिनुहोस्