काठमाडौं ८ असोज। सर्वोच्च अदालतले नेकपाका नेता बामदेव गौतमलाई थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ । बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई पनि यथास्थितिमा राख्न अदेश भएको छ ।
गौतमलाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गरेको विषयमा अधिवक्ता दिनेश त्रिपाठी र अन्यले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा असोज १४ गतेसम्म थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्नु नगराउनु भन्ने आदेश न्यायाधीश डा.आनन्द मोहन भट्टराइको इजलासबाट भएको हो । साथै सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने कुरा आदेशमा उल्लेख रहेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।