Logo

दर्जनभन्दा बढी सडक अझै अवरुद्ध



काठमाडौं,असोज ९ । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ ।

सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ ।पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो ।

अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा आएका सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले समस्या

सडक विभागका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गतको पिपलडाँडामा सडक अवरोध जारी रहेको छ । यस्तै, कान्तिपथअन्तर्गत भालुखोला, छपेलीमा पनि सडक अवरुद्ध भएको छ । बेनी जोमसोम कोरोला सडक अन्तर्गत काभ्रे र रुप्सेमा सडक अवरुद्ध छ । बेंसीसहर चामे सडकअन्तर्गत घोप्टे खोलामा पनि सडक अवरुद्ध भएको छ ।

सडक विभागले साँफेबगर–मार्तडी सडकअन्तर्गत बलेना–जडंगामा बेली ब्रिजमा क्षति पु¥याउँदा सडक अवरुद्ध भएको जनाएको छ । सोही सडकखण्डको बूढीगंगास्थित आरसीसी ब्रिज पनि भत्काइदिएको छ भने बाजुरास्थित बलेनामा पनि सडक अवरुद्ध छ ।

सडक विभागले भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षति पुगेर अवरुद्ध हुन पुगेका राष्ट्रिय राजमार्गअन्तर्गत ९८ स्थानमा आंशिक तथा एकतर्फी सवारी आवतजावत सुरु भएको जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्