काठमाडौं, असोज १० । चिकित्सा शिक्षा सुधारका लागि सरकार र डा गोविन्द केसीबीच विगतमा भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग गरेको छ ।
सम्झौता कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ बाबिरामस्ट मन्दिरमा भदौ २९ देखि आमरण अनशनमा बसेका डा। केसीको स्वास्थ्य जीवन रक्षाप्रति संवेदनशील बन्नसमेत आग्रह गरेको छ । डा। केसीको स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि तीन दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।
आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताउँदै स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम, ग्लुकोजको मात्रा कम हुँदै गएको भन्दै जीवन रक्षा गर्नुपर्ने बताएको छ । पटकपटकको अनशनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेको संक्रमणको उच्च जोखिम रहेकाले जीवन रक्षाको आवश्यक पहल गरिदिन अनुरोध गरेको आजको नागरिक दैनिकमा खवर छ ।