Logo

बलात्कार आरोपमा मिलापत्रबाट छुटेका राजेन्द्र नै सम्झना हत्याराः प्रहरी



बझाङ, असोज १२ । २६ महिना अघि कंचनपुरकी १३ वर्षिय निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। अपराधीलाई कारवाहीको मागराखि देशैभर प्रदर्शन भए।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यान समेत गयो। निर्मलाको हत्याको घटनाको दोषी पत्ता लगाउन सायद सवैभन्दा बढी छानबिन समिती गठन भएर अध्ययन र अनुसन्धान पनि गरे। तर निर्मलाको बलत्कार गरेर हत्या कसले गरेको भन्ने कुरा अझै खुल्न सकेको छैन र अपराधी पक्राउ पर्न सकेको छैन।

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी थिइन्। त्यही दिन हराएकी उनको दोस्रो दिन (११ गते) बिहान नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्योत।

कलिलो उमेरकी चेलीको बलत्कार पछि बर्वर हत्या भएको घटनामा अझैसम्म न्याय नपाउँदा घाउ पुरिन नपाउँदै सुदूरपश्चिम प्रदेशको बझाङमा १२ वर्षीय वालिकाको बलत्कार पछि हत्या भएको कहालीलाग्दो घटनाले सवैलाई दुखीत र आक्रोशित बनाएको छ।

बझाङ मष्टा गाउँपालिका २ कि १२ वर्षीया सम्झना कामीको बलत्कार पछि हत्या गरेको घटनाको धेरै तथ्य र प्रमाण फेला पारिसकेको प्रहरीले बताएको छ। पक्राउ परेका १८ वर्षीय राजेन्द्र वोहराले नै वालिकाको बलत्कार पछि हत्या गरेको प्रमाण र तथ्य फेला पारेको प्रहरीले बताएको छ। राजेन्द्रले यस अघि पनि अर्को एक वालिकाको बलत्कार गरेको रहस्य खुलेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्