काठमाडौं, १२ असोज । भूमाफियाहरूले अनामनगरको सरकारी जग्गा दुषित दर्ता गराएको प्रमाण भूमि व्यवस्थापन, शहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेको छ । मन्त्रालयको निर्देशन बमोजिम मालपोत कार्यालय डिल्लीबजारले पठाएको विवरणमा धोबीखोला नदी उकाशको जग्गा व्यक्तिको नाममा गोइसकेको देखाएको छ ।
साबिक महादेव स्थान गाउँ पञ्चायत वडा नम्बर ५ को १४३ नम्बर कित्ताको २३ रोपनी जग्गामा धोबी खोला उल्लेख भएपनि अहिले भूमाफियाको कब्जामा पुगिसकको मालपोत कार्यालयल उपलब्ध गराएको फिल्डबुकबाट देखिन्छ ।
फिल्ड बुकमा चन्द्रबहादुर थापाको नाममा रहेको देखाएको छ । तर पछिल्लो नक्सा हेर्दा उक्त जग्गा मध्ये ८ आना भन्दा बढी जग्गा हरिप्रसाद गिरी, शान्ता दाहाल, दशनारायण महर्जनको नाममा दर्ता भएको देखिन्छ । ६९७ कित्ताको एक रोपनी ६ आना सरकारी जग्गा हाल साबिक हुँदा दशनारायण महर्जनको नाममा कित्ता नम्बर ५५ गिरीको नाममा आउँदा कित्ता नम्बर १८२, दाहालको नाममा कित्ता नम्बर २८१ कायम भएको छ । २०६० सालसम्म नेपाल सरकारको नाममा रहेको उक्त जग्गा व्यक्तिको नाममा दर्ता भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
त्यस्तै टेकवहादुर पौडेलको नाममा ८ आना सरकारी जग्गा दर्ता भएको रेकर्ड मालपोत कार्यालयले भूमि व्यवस्थापन मन्त्रालयमा पठाएको छ । नक्सा भिडाएर हेर्दा अधिकांश सरकारी जग्गा भूमाफियाले आफ्नो नाममा ल्याइसकेको तथ्य फेला परेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २९ का जनप्रतिनिधिहरूले अख्तियारले सरकारी ठहर गरेको जग्गामा घर बनाउँन नक्सा पास गर्न सहयोग गरेको पाइएको छ । स्थानीयहरुले अख्तियारको निर्देशन बेवास्त गरेर नक्सापास गरिदिने अधिकारीहरुमाथि अख्तियारले छानबिन गरेर कारबाही गर्न अख्तियारमा जाने तयारी गरेका छन् ।
तस्वीर रातो घेरामा धोबीखोला सरकारी जग्गाहाल व्यक्तिको नाममा दर्ता