एजेन्सी, १२ असोज । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु कसरी र किन भयो आजसम्म पता लाग्न सकेको छैन् । लागुऔषध मुद्दामा गएसँगै बलिउडका हस्तीहरुसँग एनसीबीले सोधपुछ गरिरहेको छ । अब सिबीआइले अनुसन्धान गर्ने नयाँ तरिका अपनाउने भएको छ ।
भारतीय समाचार अनुसार सीबीआईले सुशान्तको बहिनी प्रियंका, नीतु, मीतुसँग सोधपुछ गर्न सक्छ । सुशान्तको हजुरबुबा आईपीएस सिंहसँग पनि सोधपुछ गर्ने सम्भावना रहेको छ ।
सीबीआईले धारा ३६० अनुसार अनुसन्धान सुरु गर्दैछ । सुशान्तका घर परिवारलाई म्यासेज पनि पठाएको छ । समाचार अनुसार सुशान्तको बैंक खातामा नाम बहिनीको छ । रिया चक्रवर्तीले सुशान्तको बहिनीमाथि औषधि दिएको आरोप लगाएकी थिइन् ।
जब कि सुशान्तको परिवारले आत्महत्या गर्न उकासेको र पैसाको दुरुपयोग गरेको आरोप रियामाथि लगाएका थिए । सुशान्तको बाबुले रियाविरुद्ध एफआईमा उजुरी दिएका छन् । सुशान्तलाई लागुऔषध खरिद गरेको आरोप रिया चक्रवर्तीमाथि लागेकाले अझै पनि उनी जेलमा छिन् ।