Logo

केपी ओली आफ्नो ठाउँमा सफल भैरहनुभएको छ : सुजाता कोइराला (भिडिओसहित)



काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ, प्रतिनिधिसभा सदस्य तथा पूर्व परराष्टमन्त्री सुजाता कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ठाउँमा सफल भैरहेको बताएकी छिन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्,”मलाई लाग्छ केपीजी आफ्नो ठाउँमा सफल भैराख्नुभाछ । अरुले कसरी हेर्छन् ? मलाई थाहा छैन् । कसरी उहाँ सफल भैराख्नुभएको छ भन्दाखेरि उहाँ भेरी स्ट्रोङ प्राईममिनिष्टर हो । उहाँले गरेका काम मन पर्ला वा नपर्ला ? कति कुरा चित्त नबुझ्ला, त्यो आफ्नो ठाउँमा छ । तर, उहाँ जुन ठाउँमा हुनुहुन्छ, उहाँ स्ट्रोङ प्राईम मिनिष्टर, नेपालको ईतिहासमा गिरिजाप्रसाद कोइरालापछिको उहाँ स्ट्रोङ प्राइम मिनिष्टर भनेर मैले विश्लेषण गरेको छु । मैले देखेको छु । अब उहाँले गरेको काम, खासै केही भएको त छैन् ।”



प्रतिक्रिया दिनुहोस्