महाभारतमा जुनसुकै बेलामा जोकसैको ज्यान जान सक्थ्यो । श्रीकृष्णबाट पनि जोखिम मोल्ने क्रियाकलाप भएको थियो । तर उनी धेरै चतु¥याई र शक्तिबाट आफै बचेका हुन् । एक पटक कालयवनको चंगुलबाट बचेर निस्केका थिए ।
कौरव र पान्डवबीचमा युद्ध रोक्ने अन्तिम प्रयासको जिम्मा पाएपछि भगवान श्रीकृष्णले हस्तिनापुर जाने निर्णय लिए तर त्यहाँ शकुनी र दुर्योधनले आफ्ना कुटिल नितिले श्रीकृष्णलाई मार्न चाहेका थिए । ताकी पान्डवको सबैभन्दा बलियो पक्ष समाप्त गर्नलाई ।
तर श्रीकृष्णलाई यो थाहा थियो कि हस्तिनापुरमा यदि कहि सुरक्षित बस्ने भनेको विदुरको घर हो । विदुरको पत्नी एक यदुवंशी थिइन् । अर्को कुरा विदुरलाईं दुर्योधन र शकुनीले कयौपटक अपमान गरेका थिए, विदुरपनि दुर्योधनबाट चिढिएका थिए ।
दुर्योधनले विदुरको अपमान गरेकाले उनले भारी मनले युद्ध लड्न चाहान्नथे । त्यसैकारण विदुरले युद्ध नलड्ने सकल्प गरेका थिए ।
जब श्रीकृष्ण रातमा विदुरको मा बसेकालें विदुरले सम्झाएका थिए । दुष्ट दुर्योधनले कसैको पनि कुरा सुन्दैन उस्ले तपाइँको अपमान गर्छ । उता श्रीकृष्णलाई पनि थाहा थियो भारी सभामा दुुर्यौधनले आफ्नो अपमान गर्छ र त्यसपछि सबै परिस्थिती बदलिनेछ ।
श्रीकृष्ण विदुरको मा बसेर हस्तिनापुरमा स–सम्मान प्रवेश गर्न सके । विदुरसँग अर्जुनको भन्दा पनि शक्तिशाली गान्डीव थियो ।
कृष्णले सात्यकिको योग्यता र निष्ठामा धेरै विश्वास गर्थे । सात्यकिलाई हस्तिनापुर प्रवेश गर्नु अगाडी नै कृष्णले नारायणी सेनाको स्वतन्त्र रुपमा उपयोग गर्न र सावधान भएर ढोकामा बस्न लगाएका थिए ।
कृष्णले कौरवहरुलाई आफ्नो सेनाको कुरा गरेर सूरुमा नै धम्काएका थिए । श्रीकृष्णको कुरा सुनेर शकुनी डराएर दुर्योधनलाई रोक्ने प्रयास गरे । श्रीकृष्णले कौरव पक्षलाई पान्डवहरुको लागि जम्मा पाँच गाउँ मागे । तर दुर्योधनले श्रीकृष्णको प्रस्तावलाई ठाडै अस्विकार गरेर श्रीकृष्णलाई बन्दी बनाउन सेनालाई आदेश दिए । धार्मिक ग्रन्थको आधारमा