Logo

आज १५१३ कोरोना संक्रमित थपिए



काठमाडौं,  १३ असोज। नेपालमा कोरोना भाइरसका आज १५  सय  १३ जना संक्रमित थपिएका छन् ।  देशभर कुल संक्रमितको सख्या ७६ हजार २ सय ५८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५५ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । आज  ७३१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot