Logo

कोरोना भाइरसविरुद्वको ९ प्रकारका भ्याक्सिन २०२१ को शुरुमा प्रयोगमा आउने



प्रभात सिंहः सन् २०१९ को डिसेम्बर महिनाबाट मानव जातिलाई नै संकटमा पारेको कोरोना भाइरस अझपनि नियन्त्रणमा आउन सकेको छैन् । विभिन्न प्रयास र रोकथामका उपाय अपनाइएपनि भाइरसले कडा स्वरुप लिएको छ । कोरोना भाइरसविरुद्वको भ्याक्सिन तत्कालको लागि अत्यावश्यक रहेको छ ।

भ्याक्सिन निर्माण गर्न ठूला राष्ट्रहरु निरन्तर लागिपरेको छ । हाल कोरोनाविरुद्वको एक सय ५० भन्दा बढी प्रकारका भ्याक्सिनहरु परिक्षणको क्रममा रहेका छन् । ९३ प्रकारका भ्याक्सिन प्रिक्लिनिकल परीक्षणका क्रममा छन् । ४२ प्रकारका भ्याक्सिन मानव परीक्षणका क्रममा छन् । जसमध्ये नौ भ्याक्सिनहरु परिक्षणको अन्तिम चरणमा रहेको छ । कोरोना भाइरसविरुद्वको प्रभावकारी भ्याक्सिन सन् २०२१ को जनवरी महिना भित्र आइसक्नेछ । नौ वटा तेस्रो चरणको परीक्षणमा रहेका भ्याक्सिन नै अर्को वर्षको शुरुमा प्रयोगमा ल्याउने गरी विकास गरिदैछ ।

तेस्रो चरणको परिक्षणमा अग्रसर ‘जनसन एण्ड जनसन’द्वारा निर्मित भ्याक्सिन जेएनजे ७८४३६७३५ एडिनोभेक्टर नाम गरेको भ्याक्सिन रहेको छ । विश्व प्रसिद्व कम्पनीले प्रविधिको आधारमा कोरोना भाइरस विरुद्वको भ्याक्सिन निर्माण गरिरहेको छ । उक्त कम्पनीले विगतमा इबोला, जीका र एचआईभीविरुद्वको भ्याक्सिन निर्माण गरिसकेको छ । सेप्टेम्बर २३ मा कम्पनी भ्याक्सिनका तेस्रो चरणको परिक्षणका लागि तयार रहेको जनाइएको छ ।

त्यसैगरी ‘मोर्डना’ तेस्रो चरणको परिक्षणमा प्रवेश गरिसकेको छ । भ्याक्सिनले एम.आर.एन.ए इन्जेक्शनको माध्यमबाट शरीरमा प्रवेश गराइने छ । जसले भाइरसको प्रोटिनलाई रोक्न वा मार्न सफल हुने बताइएको छ । जुलाई २७ मा कम्पनीले तेस्रो चरणको परिक्षणमा प्रवेश गरेको विषयलाई सार्वजनिक गरेको थियो ।

त्यसैगरी ‘पी फइजर’ जर्मन बायोटेकको सहकार्यमा कम्पनीले भ्याक्सिन निमार्णलाई तीव्रता दिएको हो । उक्त कम्पनीले विगतमा क्यान्सरविरुद्वको औषधी निर्माण गर्दै आएको छ । ज्लाई २७ मा उक्त कम्पनीले भ्याक्सिनको तेस्रो चरणको परिक्षण गर्न तयार रहेको बताएको छ । कम्पनीले डिसेम्बर २०२० मा भ्याक्सिनले अनुमति पाउने विश्वास व्यक्त गरेको छ ।

त्यसैगरी अक्सफर्ड विश्वविद्यालयले ‘एस्ट्रेजेनेका’ सँगको सहकार्य गर्दै खोप निमार्णलाई तिव्रता दिएको हो । उक्त खोपलाई भाइरल भेक्टर भ्याक्सिन अथवा ट्रोजन हर्स राखिएको हो । खोपले संक्रिमतको शरीरमा गई भाइरसको स्पाईक प्रोटिनलाई मार्न क्षमता राख्ने विश्वास कम्पनीको रहेको छ । खोपलाई परिक्षण गर्दा मानिसमा टाउको दुखाई र गाह्रो भएको कारण परिक्षण नपुगेको कारण रोकिएको थियो ।
त्यसैगरी चिनियाँ बायोटेक कम्पनी र ब्राजिलको रिसर्च सेन्टरको संयुक्त सहकार्यमा निर्माण भइरहेको ‘सिनोभ्याक’ भ्याक्सिन समेत तेस्रो चरणको परिक्षणमा रहेको छ । खोपले संक्रमितको प्रतिरक्षा प्रणालीलाई अविवृद्वि गर्ने क्षमता रखेको कम्पनीले जनाएको छ । जुलाई ३ मा उक्त भ्याक्सिन तेस्रो चरणमा प्रवेश गरेको हो । तेस्रो चरणमा करिब ९ हजार स्वास्थ्यकर्मीमाथि प्रयो गरिनेछ । सिनोभ्याकले इन्डोनेशिया र बँगलादेशमा समेत परिक्षण गर्न हनुमतिच प्राप्त गरिसकेको छ ।

त्यसैगरी चिनियाँ राज्य सरकारद्वारा संचालित फार्माले वुहान इन्सटिच्युट अफ बायोलोजीकल प्रोडक्टको संयुक्त सहकार्यमा निर्माण भएको भ्याक्सिन ‘सिनोफार्म’समेत तेस्रो चरणको परीक्षणमा रहेको छ । उक्त कम्पनीकोले सन्२०२० को अन्तिम सम्म नागरिक माँझ भ्याक्सिन पुर्याउने विश्वास लिएको छ । उक्त कम्पनीले युएईमा समेत परिक्षण गरिनेछ ।

त्यसैगरी अष्ट्रेलियन मुरडोच चिल्ड्रेन रिसर्च इन्सटिच्युटले कोरोनाविरुद्वको भ्याक्सिनको तेस्रो चरणको परीक्षणलाई तीव्रता दिएको छ । इन्सटिच्युटले विगत सय वर्ष देखि ट्युबरक्यलोसिसको खोप निर्माण गरिरहेको छ । जसलाई ‘बिसिजीे’ भनिएको छ । यसले शरीरका प्रतिरक्षा प्रणालीलाई भाइरसविरुद्व लड्न मद्दत पुर्याउने छ । बिसिजीलाई नै कोरोना भाइरसविरुद्व लड्न प्रभावकारी मानिएको छ ।

त्यसैगरी चिनियाँ बायोफर्मा कम्पनीले निर्माण गरेको ‘क्यानसिनो’ एडि ५ एन कोभसमेत दोस्रोे चरणको परिक्षणमा रहेता पनि भ्याक्सिनले भाइरसको स्पाइक प्रोटिनलाई मार्न मद्दत पुर्याउने छ । उक्त कम्पनी भाइरस निमार्ण गर्न अनुमति प्राप्त गरिसकेको छ । उक्त भ्याक्सिनलाई एक वर्षका लागि सैनिकले मात्र प्रयोग गर्ने भनिएको छ ।

त्यसैगरी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अनुमोदन गरेको भ्याक्सिन ‘स्पुटनिक भी’ ग्यामेलेया राष्ट्रिय महामारी विज्ञान र माइक्रोबायोलोजी केन्द्रले उत्पादन गरेको छ । भ्याक्सिनले कोरोना भाइरसको स्पाईक प्रोटिनलाई मार्न मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ । स्पुटनिक भी कोरोना भाइरसविरुद्वको लागि पहिलो भ्याक्सिन समेत बनेको छ । उक्त भ्याक्सिन तेस्रो चरणमा प्रवेश नगरी निमार्ण गरिएको कारण तेस्रो चराणमा प्रवेश गराएर मात्र बजारमा उपलब्ध गराइनेछ ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot