Logo

राष्ट्रिय गौरवका आयोजना समयमै सकाउन निर्देशन



काठमाडौं, असोज १४। राष्ट्रिय गौरवका आयोजना सुस्त भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समयमै सक्न निर्देशन दिएको छ । आयोजना प्रमुखसँग चरणबद्ध छलफल गर्दै आयोजना समयमै सक्न निर्देशन दिइएको हो ।

धेरै वर्षदेखि सुरु राष्ट्रिय गौरवका आयोजना निकै सुस्त देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजना समयमै सक्न पटकपटक निर्देशन दि“दै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई चरणबद्ध रूपमा कार्यालयमै बोलाएर चा“डै सक्न निर्देशन दिएको हो । त्यसका लागि समस्याको गाँठो फुकाउन कार्यालय तयार रहेकोसमेत जनाइएको छ ।

सो कार्यालयले मंगलबार माथिल्लो तामाकोशी जलविद्युत, बुढीगण्डकी जलविद्युत, महाकाली सिचाई, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय र विद्युत प्रसारण आयोजना प्रमुखसँग छलफल गरी वास्तविक अवस्था र समस्याबारे जानकारी लिएको हो ।

आयोजना प्रमुखले पनि हालसम्मको उपलब्धि तथा समस्याबारे जानकारी गराएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्