Logo

भगवान् श्रीरामलाई अप्सराको श्राप



विष्णुको सातौ अवतार भगवान श्रीरामको जीवनसँग जोडिएका केही भनाईहरु छन् । धेरै भनाइहरु मध्ये एक सुग्रीवको भाई बालिलाई बध गर्नेसँग जोडिएको छ । देवराज इन्द्रका छोरा र किष्किंधाका राजा बालि अर्थात बालि जो सँग पनि लड्थे उनीसँग लड्ने जति नै शक्तिशाली भएपनि आधी शक्ति बालिमा जान्थ्यो र उनीसँग लड्ने व्यक्ति कमजोर भएर मर्ने गथ्र्यो ।

बालिले सुग्रीवको पत्नी र सम्पत्ति हडपेर सुग्रीवलाई राज्यबाट बाहिर धकेलिदिएका थिए । यहि कारण श्रीरामले सुग्रीवालाई उनको ठुलो दाई बालिसँग युद्ध गर्न भने र आफुले लुकेर बालिमाथि तीर चलाएर मारीदिए ।

बालि मर्ने समयमा आफ्नो छोरा अंगदलाई तीन प्रकारका शिक्षा दिएका थिए । बालिले छोरालाई भने, पहिलो देश, काल र परिस्थितीलाई हेरेर सधै कार्य गर्नु, दोस्रो कुरा कसको साथमा कहिले, कहाँ र कस्तो व्यवहार गर्ने यसको सहि निर्णय लिनु र अन्तमा बालिले छोरालाई महत्वपुर्ण कुरा भने, मन पर्ने मन नपर्ने, सुख–दुख सहनु र क्षमाभावको साथमा जीवन व्यतित गर्नु । यहि जीवनको सार हो ।

बालिको हत्या भएपछि उनकी पत्नी तारा धेरै दुखी भइन् । तारा एक अप्सरा थिइन् । बालिलाई छल गरेर मारीएको उनलाई थाहा थियो । यसको जानकारी पाएर ताराले श्रीरामलाई एक श्राप दिइन् । श्राप अनुसार भगवान राम आफ्नी पत्नी सीतालाई भेटेपछि पनि चाँडै नै हराउनेछिन् । ताराले श्रीरामलाई अर्को जन्ममा बालिको हातबाट मृत्यु हुन पनि श्राप दिएकी थिइन् ।

अर्को जन्ममा भगवान विष्णुले श्रीकृष्णको रुपमा जन्म लिएका थिए र उक्त अवतारको अन्त एक सिकारी भील जरा गरेका थिए । (जो बालिको दोस्रो जन्म थियो )



प्रतिक्रिया दिनुहोस्

Screenshot