Logo

बैंकका कर्मचारीलाई कोरोना लाग्दा यातायात कार्यालयको काम बन्द



काठमाडौं, १५ असोज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महिनौंसम्म बन्द भएर खुलेको यातायात कार्यालय बैंक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि फेरि बन्द भएको छ ।

काठमाडौंको सानोभर्याङस्थित यातायात व्यवस्था सेवा कार्यालय सूचना टाँस गरेर मंगलबारदेखि बन्द भएको हो । निजी बैंकका कर्मचारीमा कोरोना पुष्टि हुँदा सरकारी कार्यालय नै बन्द भएको सूचना प्रकाशित भएको देखेपछि सयौँ सेवाग्राही मंगलबार र बुधबार काम नगरी फर्किएका छन्।

कार्यालय पुगेका अधिकांश सेवाग्राहीले निजी बैंकका कर्मचारीमा कोरोना पुष्टि हुँदा सरकारी कार्यालय बन्द किन गरियो भन्दै प्रश्न गरेका छन् । कार्यालयले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगित गरेको समाचार आजको अन्नपुर्ण पोस्टले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्