Logo

म नै ज्योति ग्रुपको अध्यक्ष हुँ, मेरो दाईमा लोभ जाग्यो : डा. रुप ज्योति (भिडिओसहित)



काठमाडौं, १५ असोज । उद्यमी डा. रुप ज्योतिले दाजु पदम ज्योतिका छोराहरु र परिवारमा लोभ जागेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आजको दिनमा ज्योति ग्रुपको अध्यक्ष आफू रहेको स्पष्ट पारे । उनले भने,‘म नै आजको दिनमा ज्योति ग्रुपको आधिकारिक अध्यक्ष हुँ । लिखित निर्णय नै भएको छ । सबै प्रमाण छ ।’ कम्पनी कानूनअनुसार पनि दुई तिहाईले आफूलाई अध्यक्ष बनाएको पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्