Logo

सुनको मुल्य घटबढ



काठमाडौं, १५ असोज । बुधबार उकालो लागेको सुनको मुल्य बिहीबार ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार ७ सयमा खरिद बिक्रि भएको थियो ।

यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मुल्य बढेर १ हजार १९० रुपैयाँ पुगेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्