Logo

अजय देवगनको यो इच्छा जुन कहिल्यै पुरा हुँदैन



एजेन्सी, १५ असोज । मानिसका इच्छा यस्ता हुन्छन् जति सोच्यो त्यत्ति बढ्छ । कुनै इच्छा पुरा गर्न सकिन्छ भने कुनै इच्छा कहिल्यै पनि पुरा गर्न सकिदैन् । एक सामान्य मानिसदेखि कलाकार सबैले मनमा लगातार इच्छा लिएका हुन्छन् । यस्तै बलिउड अभिनेता अजय देवगनले पनि इच्छा बोकेका थिए । उनको त्यो इच्छा पुरा गर्न हर कोशिश गर्दा पनि आजसम्म पुरा गर्न सकेका छैनन् । अब त अजयको यो इच्छा कहिल्यै पुरा नहुने भएको छ ।

फिल्म और फुल और कान्टेबाट अजयले बलिउड प्रवेश गरेका थिए । पहिलो फिल्मबाट उनले यस्तो धमाल गरे, अहिलेसम्म तिरन्तर सफलता पाइरहेका छन् । शुरुवाती फिल्ममा धेरै कुटपिट गर्ने अजय समय बदलिएसँगै विस्तारै गम्भीर अभिनय गर्दै आएका छन् । उनले कमेडी गरेको पनि दर्शकहरुले मन पराएका छन् ।

अजयको मनमा एक इच्छा अझै छ, उनको इच्छा हिन्दी फिल्मका ‘अभिनय सम्राट’ भनिने महानायक दिलीप कुमारसँग फिल्म खेल्ने । जिन्दगीमा दिलीप कुमारसँग एक फ्रेम सेयर गर्ने हरेक कलाकारको हुन्छ । तर अजय बलिउडमा पाइला टेक्दा दिलीप कुमारले काम गर्न धेरै कम गरेका थिए । वर्षोमा एकाध फिल्म गर्थे । त्यसकारण पनि अजयले उनीसँग काम गर्ने अवसर धेरै कम थियो । अजयले दिलिप कुमारलाई लिएर एक फिल्म बनाउने योजना बनाए ।

अजयले दिलिप कुमारसँग सल्लाह पनि गरे । फिल्मको नाम ‘असरः द इक्पेक्ट’ राखे । फिल्म बनाउने पुरै योजना बन्यो तर कुनै कारणबश यो फिल्म शुरु हुन सकेन, जसको अजय देवगनलाई आज पनि अफसोस छ ।

दिलीप कुमारको उमेर भएसँगै हाल उनी अस्वस्थ्य अवस्थामा छन् । दिलिप कुमारको सम्झने शक्ति क्षिण भएको छ । अब उनले अभिनय गर्न पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस्