Logo

बालगोपालेश्वर मन्दिरको गुजरमा २८ तोला सुन



काठमाडौं, असोज १६ । रानीपोखरी पुनर्निर्माणसँगै बिच भागको बालगोपालेश्वर मन्दिरको गजुरमा २८ तोला सुनले लेपन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्वविद् राजुमान मानन्धरले चलनअनुसार सामान्य पुजा गरेर मन्दिरमा गुजुर राखिएको बताएका छन् ।
२०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिरको निमार्णकार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ ३  मा  रानीपोखरी पुनर्निर्माण शिलान्यास गरेकी थिइन् । रानी पोखरीको निमार्ण कार्यौ सकेर तीन करोड २२ लाख लिटर पानी यसअघि नै भरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot