Logo

रगतको अभाव देखिएपछि रक्तदान कार्यक्रम आयोजना, ८० जनाले गरे दान



काठमाडौं १५ आश्विन । कोरोना भाईरस (कोभिड-१९) का कारण विभिन्न अस्पतालहरुमा देखिएको रगतको अभावलाई केही मात्रामा पूर्ति गर्न भन्दै आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान जीवन दानलाई आधार मानेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आयोजक र सह-प्रायोजक टेसा पार्केटिंगले संयुक्त रुपमा रत्नपार्कमा आयोजना गरेको रक्तदान कार्यक्रम ८० जनाले रक्तदान गरेका थिए ।
टेसा पार्केटिंगका रामचन्द्र साह भन्छन्, कोरोना भाईरसको (कोभिड १९) को कारणले विभिन्न अस्पतालहरुमा भर्ना भएका विरामीहरुलाई रगत अभावको कारण मृत्युको मुखमा पुग्न नपरोस् भन्ने उद्देश्यले यो सामाजिक कार्य गरिएको हो । हामीले धेरै अस्पतालहरुमा रगतको अभाव भएको र भर्ना भएका विरामीहरुको रगत अभावको कारण अप्रेसन हुन नसकेको भन्ने समाचारहरु आएकोले केही राहत हुन्छ कि भनेर रक्तदानको आयोजना गरिएको भन्छन् सामुदायिक सेवा केन्द्रका केन्द्रिय सदस्य महम्मद हुसेन ।



प्रतिक्रिया दिनुहोस्