टी. शेर्पाः कोरोना महामारीले विश्वलाई नै संकटमा पारेको छ । विश्वका सबै देशको आर्थिक प्रणाली धरासयी बनेको छ । यसले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती बढाएको छ । यहाँको अर्थतन्त्र धरासयी भएको छ । वर्तमान अवस्थामा चीनद्वारा नाकामा गरिएको अनौपचारिक आर्थिक नाकाबन्दीले थप समस्या सृजना गरेको हो ।
चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएको हो । उक्त प्रतिबन्धले नेपालको अर्थतन्त्रमा ठूलो समस्या देखापरेको छ । व्यवसायी र नागरिकलाई निकै समस्या भोग्नु परेको बुझिन्छ । चाडबाडको समय नजिकिँदा अनौपचारिक नाकाबन्दीले नेपाल र नेपालीलाई निकै कठिन बनाउने भएको छ । चीनको यो कदम नेपाल र चीनबीचको सम्बन्धका लागि राम्रो होइन । यसबाट चीन आफ्नो मात्र स्वार्थ र लाभमा केन्द्रित रहेको देखिन्छ । चीन जस्तो देशले महामारीको बेलामा नेपाल जस्तो छिमेकी मुलुकलाई सहयोगी भावना देखाउनुपर्ने हो । तर, ऊ आफ्नै लाभमा मात्र केन्द्रित देखिदैछ ।
नेपाल र चीनबीचको सम्बन्धमा चीनले व्यवहारत खासै कुनै महत्व नराखेको स्पष्ट देखिन्छ । चीनले आफ्नो सुरक्षा र स्वार्थलाई ध्यानमा राखी मात्र कदम चाल्ने विषयलाई प्रष्ट्याउँछ । चीनले नेपालको हकहितका लागि कुनै चासो नराखेको विषय स्पष्ट देखिएकोे छ । विगत केही महिनादेखि नेपालबाट चीन कुनै सामाग्री निर्यात हुन सकेको छैन् । प्रत्येक दिन सय वटा ट्रक चीन जान तयार रहेपनि एक दूई वटा ट्रक मात्र चीन भित्रिने गर्दछ । ट्रक चालकहरुको पिसिआर परिक्षणको नतिजा देखाएपनि नाका भन्दा भित्र प्रवेश गर्न बन्देज गरिएको छ । यसले नेपालको सार्वभौमिकतामाथि नै आँच पुर्याएको देखिन्छ ।
यसैबीच भारतसँग जोडिएको दक्षिण नाकाको आवत जावतमा भने कडाई देखिएको छैन् । नेपालीहरु सीमापार व्यापारमा विना अवरोध पहुँच बनाउँदै आएका छन् । दुवै देशबीच महामारीको संक्रमण झन् चुनौती बनेको देखिन्छ । त्यसपश्चात पनि भारतले नाका खोली आफ्नो मित्रवत सम्बन्धलाई कायम राखेको छ । नेपाल र भारतबीच जारी नयाँ नक्सा विवादमा समेत आफ्नो नाका खोली खुलस्त रुपमा आवत जावतमा प्रवेश गर्न दिएकोमा मित्रवत सम्बन्ध कायम राखेको छ । नेपाललाई भारतले कान्डला पोर्टलाई प्रयोग गर्न अुनमति समेत दिएको छ ।
पारासिटामोल निर्यात गर्न सम्पूर्ण देश प्रतिबन्ध भएपनि नेपाललाई निर्यात र आयात गर्न अनुमति दिइएको छ । भारतले आफ्नो नाकाबाट दैनिक अत्यावश्यक सामाग्रीहरु जस्तै एल पि जी, पेट्रोलियम, औषधी र खाद्यान्न लगायतका बस्तुहरुमा रोक लगाएको छैन । यसले महामारी भन्दा पहिलेकै अवस्थालाई दर्शाएको छ । नेपाललाई चाहिने आवश्यक सामाग्रीहरुमा कुनै प्रतिबन्ध लगाइएको छैन।
चीनले महामारीबीच नेपाल प्रति देखाएको प्रतिबन्धले नेपाललाई विभिन्न क्षेत्रमा असर पर्ने भएको छ । यसले नेपालको अगर्थत्नत्रलाई सामान्य स्तरमा ल्याउन चुनौती थपिने भएको देखिन्छ । निर्माणाधीन क्रममा रहेको जलविद्युत आयोजनाको सम्पूर्ण सामाग्रीहरु चीन र नेपालको सीमामा अड्केको छ । यसले समयमा सकिने आयोजनाहरुलाई अन्योलमा पार्ने भएको छ । ६ महिनादेखि माथिल्लो तामाकोशी र ढल्केबर आयोजनाहरुको अत्यावश्यक सामाग्रीहरु समेत सीमामा अड्किएको छ
चीनको ‘अनौपचारिक नाकाबन्दी’ ले नेपालको एक अर्ब डलरको आर्थिक नोक्शानी पुग्ने देखिन्छ । भारतसितको व्यापार सम्बन्ध कायम रहेतापनि नेपालले चीनलाई ३० प्रतिशत सामाग्री निर्यात गर्ने सम्झौता भएको थियो । तर, नेपाल र भारतको व्यापार सन्धी अन्र्तगत नेपाली उत्पादन सामाग्री आयातमा सुन्य शुल्कमा आवत जावत भइरहेको छ । त्यसकारण नेपालले आफ्नो सानो र मध्यम व्यापार निर्यातलाई कायम गर्न सफल भएको छ । जस्तै कृषी, हर्बल मेडिसिन, सिन्थेटिक सामाग्री रहेको छ । तर, चीनलाई निर्यात गर्ने नेपाली सामाग्रीहरु समेतमा चीनले सुन्य शुल्क लिने बताएको छ । तर, उक्त सम्झौता कागजमै सिमित रहेको देखिन्छ । चीनसंगको ट्रान्जिटको विषय विगतमा वास्तविक रुपमा निकै फरक पाइएको छ ।
८० प्रतिशत नेपाल भारत निर्यात र आयात भइरहँदा पनि चीन र नेपालबीचको कार्गो सम्बन्धमा केही प्रोटोकलहरु रहेको छ । नेपाली ट्रकहरु विना कुनै स्वीकृती कोलकाता र बिसाखापटनम सम्म जाने अनुमति रहेको छ । त्यसैगरी चीनले कहिले आफ्नो शहरमा नेपाली ट्रक भित्रिन नदिने विषय उजागर भएको देखिन्छ । चीनले नेपाली व्यापारहरुलाई व्यापार गर्न तीब्बत भ्रमणमा समेत रोक लगाएको छ । तत्काल नेपाली व्यापारीहरु रसुवागढी र तातोपानीमात्र प्रवेश गर्ने अनुमति दिएको छ । नेपाली ट्रकहरु मितेरी पुलसम्म मात्र जाने अनुमति छ । झानझियाङ र सेन्जेन प्रान्तको प्रोटोकल अनुसार नपाली ट्रकहरु चीनको मुख्यभुमिमा चल्न पाउनेछन् । तर, त्यसमा रोक आउँदा प्रश्न तेर्सिएको छ ।
चीनले नेपाली व्यापारीलाई तिब्बत भ्रमण गर्न रोकेको छ । स्थानीय व्यापारलाई बलियो बनाउन यस्तो शैली अपनाएको छ । व्यापारीहरु रसुवागढी र तातोपानीबीचको मितेरी पुलसम्म मात्र जान पाउँछन । चीन तिब्बत र नेपालबीचको व्यापार स्थापित गर्न चाहँदैन । यी विषयहरुबाट पार पाउन नेपाल सरकारले चाहिरहेको देखिन्छ । यसका लागि नेपालले चीनसँग अन्त देशहरुसँगको जस्तै व्यवहार देखाउनुपर्छ । हामीले यस्तो महत्वपूर्ण विषयहरु कुराले नभई कामले गरेर देखाउनुपर्छ ।-फाइल तस्वीर