Logo

लागूऔषधसहित पक्राउ तथा बरामद



काठमाडौं, १६ असोज । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । नेपालगंज ट्राफिक चोक नजिकबाट ७ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका पिप्रहवाका टोटाराम कहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके तथा लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले यूपी ४० यम ३००१ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको बताएकोे छ ।

यस्तै झापाको कचनकवल गाउँपालिका बगानबाट ११ ग्राम ६ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित भारत बिहारका ३२ वर्षीय फरबेद आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुर, भिमफेदी गाउँपालिका ढुङ्गेनस्थित खोल्सामा लुकाई राखेको २ सय २९ किलो अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उक्त स्थानमा ९ वटा बोरामा बेबारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । उक्त कार्यमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्