Logo

सुन सहित दुई जना पक्राउ



कपिलवस्तु, १६ असोज । सुन सहित दुई जना पक्राउ परेका छन् । बिहीबार बेलुका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मायादेवी गाउँपालिकाका पवन कुमार गुप्ता र सोही ठाउँ बस्ने किशोरी रहेका छन् । वनकसियाबाट ५ सय ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद ८ हजार ९ सय २५ रुपैयाँ सहित २ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु.५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी मोटरसाइकल चालक गुप्ता र मोटरसाइकलमा सवार किशोरीलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्