Logo

श्रोत नखुलेको १५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ



रौतहट,१६ असोज । श्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । सीतामढीका राजु कुमार कहारलाई बिहीबार दिउँसोले पक्राउ गरेको हो ।

गौर नगरपालिका महादेवपट्टीबाट श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित भारत सितामढीका कहार पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्