Logo

प्रहरी हुँ भन्दै पैसा असुल्ने पक्राउ



काठमाडौं, १६ असोज । प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा एकजना पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा कुल बहादुर बस्नेत छन् । प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई काठमाडौं नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर बस्ने ओखलढुङ्गा घर भएका बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेका थिए । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्