एजेन्सी, १६ असोज । शिकार हुनबाट कसरी बच्ने बलिउड अभिनेता अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेकले एक सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेको आलोचनात्मक प्रश्नलाई रचनात्मक शैलीमा जवाफ दिएका छन् । उनले दिएको उक्त जवाफको निकै चर्चा भएको छ ।
बुधवार केन्द्र सरकारले १५ अक्टोवरमा सिनेमाघरलाई सर्शत खोल्ने अनुमति दिएको छ । यस विषयमा आफ्नो प्रतिक्रिया दिदै अभिनेता अभिषेक बच्चनले ट्विट गरे, ट्विटमा ‘यो हप्ताको राम्रो खबर’ लेखिएको थियो । कैटनिप नामका एक ट्विटर प्रयोगकर्ताले अभिषेक मजाक उडाउने उद्देश्यले प्रश्न गरे, ‘तर तपाई पनि फेरी बेकार रहनुहुन्छ ? ’
यसको जवाफ अभिषेकले रचनात्मक शैलीले दिदै लेखेका छन, ‘यो दुखको कुरा हो । तपाईलाई हाम्रो काम मन पर्दैन भने हामीले अर्काे काम गर्दैनौ । त्यसैले काम राम्रो गरेर राम्रो नतिजाको आशा गर्छौ । ’
यसपछि अर्का एक प्रयोगकर्ताले लेखेका छन, ‘द्रोण फ्लप भएपछि तपाइँलाई फिल्म मिल्छ ?’ अभिषेकले त्यसको पनि उत्तर दिएका छन् । उनले लेखेका छन्, मलाई केही फिल्मबाट हटाइयो र अन्य चलचित्रमा काम गर्न धेरै गाह्रो भयो । तर आशा भने मरेको छैन् । प्रयास गरिरहेको छु । हरेक बिहान उठेर संघर्ष गर्छु । जीवनमा केहि पनि सजिलो छैन् । जहाँसम्म जीवन छ, त्यहाँ द्वन्द्व छ ।
अभिषेक हाल अमेजन प्राइम भिडियोको वेब सीरीज ब्रीद २ मा देखिएका छन् । अब उनको फिल्म द बिग डिज्नी प्लस हाटस्टारमा रिलीज हुनेवाला छ । यसको साथै सन्जय घोषको बाब बिस्वासमा लिड रोलमा देखिएका छन् । यो फिल्म विद्या बालन स्टाररको कहानीमा किलर बाब बिस्वासमा आधारित छ जसलाई शाश्रत चटर्जीले निभाएका थिए । बाब बिस्वासको निर्देशन सुजाय घोषको छोरी दिया अन्नपुर्णा घोषले गरेकी थिइन् ।