Logo

काठमाडौंमा एकैदिन १६३८ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  १६ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय ३८ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर २७  सय  २२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६  सय ३८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले १४ हजार  ७ सय   ३९ जनाको पिसीआर परिक्षणमा २७  सय  २२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ३३ सय ७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ६०  हजार  ६ सय ९६  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२८०  जना र ललितपुरका  १६२ जना र भक्तपुरका  १९६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ८२ हजार ४  सय ५० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्