Logo

रुसी राष्ट्रपति पुटिनले कोरोना भ्याक्सिन लगाउने



एजेन्सी, १६ असोज। कोरोना भ्याक्सिन बनाउने होडबाजी चलिरहेका बेला रुसले अगष्टमा पहिलो भ्याक्सिन तयार गरेको घोषणा गर्याे, तर विश्वभरका कयौँ देश चकित परे भने कतिपय देशले रुसको भ्याक्सिनमाथि प्रश्न समेत उठाए ।

यसैगरी कयौँ देशका वैज्ञानिकद्धारा यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित नभएको बताइएका कारण रुसी भ्याक्सिन स्पुतनिक–भी प्रति कयौँ देशले रुची देखाएनन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन लगाउने इच्छा व्यक्ति गरेका छन् । एक रिपोर्टका अनुसार, आफ्नो आगामी विदेश यात्राभन्दा पहिले राष्ट्रपति पुटिनले कोरोना भ्याक्सिन लगाउनेछन् ।

रिपोर्टका अनुसार, कोरोना महामारीबाट रुसी राष्ट्रपतिको सुरक्षाका लागि यो घोषणा गरिएको हो । राष्ट्रपति पुटिनले महामारीप्रति पहिलेदेखि नै चिन्ता प्रकट गर्दै आएको र कोरोना महामारीबाट बच्नका लागि यो भ्याक्सिन लगाउन जरुरी भएको बताइएको छ ।

रुसले ११ अगष्टमा आफ्नो पहिलो कोरोना भ्याक्सिन रजिष्टर गराएको थियो । योसँगै रुस कोरोना भ्याक्सिन जारी गर्ने विश्वको पहिलो देश बनेको थियो। रुसी भ्याक्सिन स्पुतनिक–भी को तेस्रो चरणको ट्रायल पूरा भइसकेको छैन । यसको तेस्रो र अन्तिम चरणको ट्रायल रुस र अन्य देशहरुमा चलिरहेको छ ।

कयौँ देशका वैज्ञानिकहरुले रुसको भ्याक्सिनमाथि प्रश्न उठाइरहेका बेला रुसी अधिकारीहरुले भने कोरोनाको संकट समाप्त गर्नका लागि यो भ्याक्सिन प्रभावकारी प्रमाणित हुने बताउँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५ब औँ वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै पुटिनले भनेका थिए कि, रुसको कोरोना भाइरस भ्याक्सिन ट्रायलका क्रममा विश्वसनीय, सुरक्षित र प्रभावकारी भएको पाइएको छ । भ्याक्सिनलाई सबै देशमा बाड्नका लागि हामी तयार छौँ । उनले संयुक्त राष्ट्रसंघका कर्मचारी र अधिकारीहरुलाई भ्याक्सिनको निःशुल्क डोज दिने पनि बताए ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्